नेभिगेसन मेनु

आधुनिक हरित गृह निर्माणाधीन
सम्पादक:南亚网络电视
समय:2023-03-13 16:09

Untitled-1

बर्दिबास, फागुन २९ गते । बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ। 

आधुनिक कृषि प्रणालीसहितको समायोजन केन्द्र (सेन्टर अफ एक्सिलेन्ट) बनाउने उद्देश्यले बर्दिबासमा स्थापना गरिएको ‘मोडेल एग्रो भिलेज’अन्तर्गतको यो महत्वाकाङ्क्षी परियोजना हो। यसका लागि बर्दिबास–७ स्थित किसान नगरमा ‘बागवानी उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सिलेन्स फर हर्टिकल्चर) निर्माणाधीन छ। 

बर्दिबासमा ‘मोडल एग्रो भिलेज’का परिकल्पनाकार एवं सिल्भरलाइन एग्रो प्राइभेट लिमिटेडका सञ्चालक साधुराम बस्नेतका अनुसार हरित गृह साढे सात बिघा क्षेत्रफलमा फैलिएको छ। निर्माणाधीन ग्रिन हाउसको पूर्वाधारको ५० प्रतिशतजति काम सम्पन्न भइसकेको बस्नेतले जनाउनुभयो। 

सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रणालीअनुरूप सरकारी लगानीमा आधारभूत भौतिक संरचना निर्माण हुने यस परियोजनामा व्यावसायिक समूह र लगानीकर्ताको सहभागिता पनि रहेको छ। 

बस्नेतका अनुसार हरित गृह हाइड्रोपोनिक युनिट, हाइटेक नर्सरी, फ्रुट भेजिटेबल युनिट र अनुसन्धान केन्द्र गरी विभिन्न चार एकाइमा वर्गीकृत छन्। ‘हाइड्रोपोनिक’ प्रविधि आफैँमा अनौठो र अत्याधुनिक प्रणाली हो। यो प्रविधिमा खेती गर्न माटोको आवश्यकता पर्दैन। पानी भए पुग्छ। पानी पनि परम्परागत खेतीको तुलनामा १० प्रतिशत मात्र खपत हुने भएकाले यो प्रविधिलाई वातावरणमैत्री पनि मानिएको छ। बस्नेतले हाइड्रोपोनिक युनिटबाट लिटमसलगायतका हरिया सलाद उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो। 

“दैनिक सात सय किलो सलाद उत्पादनका साथै ‘भर्टिकल’ फार्मको अभ्याससमेत गरिने उद्देश्यले हाइड्रोपोनिक युनिट स्थापना गरिएको हो,” उहाँले बताउनुभयो। बर्दिबास जिल्लाकै सुक्खाग्रस्त क्षेत्र पनि हो। हाइड्रोपोनिक प्रविधिमा थोरै पानीबाट धेरै उत्पादन लिन सकिने हुँदा यो बर्दिबासका लागि वरदान साबीत हुने अपेक्षा गरिएको छ। 

बस्नेतका अनुसार पानीको बचतका साथै यो प्रविधिको खेतीमा मौसमी प्रतिकूलताको असर पनि पर्दैन। थोरै क्षेत्रफलमा धेरै बाली बिरुवा लगाउन पनि सकिने उहाँले बताउनुभयो। 

हरित गृहको उत्तरतर्फको युनिट उच्च प्रविधि (हाइटेक) नर्सरी हो। यो नर्सरीले हरेक २२ दिनको अन्तरालमा साढे छ लाख स्वस्थ र उन्नत जातका तरकारीका बिरुवा उत्पादन गर्ने क्षमता छ। उत्पादितमध्ये ४० प्रतिशत बेर्ना यसै फार्मको दक्षिणतर्फको ग्रिन हाउसमा खपत हुने र ६० प्रतिशत बिरुवा समुदायमा वितरण गरिने लक्ष्य छ। 

स्थानीय किसानलाई बजारबाट बीउ खरिद गर्ने र घरमा ब्याड राख्ने, विषादी छर्कनेजस्ता परम्परागत झन्झटबाट मुक्त गर्ने र उत्पादन बढाउने उद्देश्यले हाइटेक नर्सरी स्थापना गरिएको उहाँले बताउनुभयो। 

टोमाटो, कलर क्याप्सिकमजस्ता काँचै खान मिल्ने बाली फलाउनका लागि ‘फ्रुट भेजिटेबल युनिट’को स्थापना गरिएको छ। यो युनिटको प्रतिसिजन (छ महिना) एक लाख १० हजार किलो उत्पादन क्षमता छ। हरित गृहलाई उत्पादनमा मात्र सीमित राखिएको छैन। यसमा अनुसन्धान एकाइको छुट्टै युनिट स्थापना गरिएको छ। अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाजडित यस एकाइमा बाली बिरुवाको ‘प्रोटोटाइप’ अनुसन्धानको व्यवस्था छ। यसमा तन्तु प्रसारण (टिस्यु कल्चर), सुनगाभा, आलु अनुसन्धानजस्ता बाली विषयको अध्ययन, अनुसन्धान र परीक्षणको व्यवस्था मिलाइएको छ। 

“यहाँका परम्परागत कृषि अभ्यासलाई नै परिवर्तन गर्ने उद्देश्यले ‘मोडल एग्रो भिलेज’को परिकल्पना गरिएको हो,” बस्नेतले बताउनुभयो।

सोहीअनुरूप यहाँ हरित गृहका साथै अत्याधुनिक शीत भण्डारण गृह (कोल्ड स्टोर), जैविक विविधता पार्क, पशु प्रजनन स्रोत केन्द्र, कृषि औजार, बिरुवा अस्पताल (प्लान्ट क्लिनिक) शिक्षा तालिम प्रसार, रैथाने बाली संरक्षणका लागि सामुदायिक बीउ बैङ्क, शिक्षा तालिम तथा प्रसार, कृषि व्यापार स्थलजस्ता विभिन्न १४ प्रकारको विशेषता रहेको छ। यसको निगरानी (मनिटरिङ) तथा परिचालनका लागि परियोजनाको शीर्षमा ‘सूचना सञ्चार तथा प्रविधि केन्द्र’ (आईसीटी सेन्टर) स्थापना गरिएको छ। यस परियोजनाको कुल बजेट एक अर्ब आठ करोड रहेको बस्नेतले जनाउनुभयो। 

बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले नगरको कृषि क्षेत्रको विकास एवं आधुनिकीकरणका लागि यो परियोजना उदाहरणीय, अनुकरणीय तथा विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो। “मोडेल एग्रो भिलेजबाट नगरको सर्वाङ्गीण विकास हुने आशा जगाएको छ,” उहाँले भन्नुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर