नेभिगेसन मेनु

वीरगन्जबाट अपहरणमा संलग्न आठ जना हतियारसहित पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-02-14 12:11

1676294965_330774129_748051603237343_9174977606539465438_n-1200x560

पर्सा प्रहरीले हतियारसहित अपहरणमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका– २४ रामगढवा निवासी ३४ वर्षीय विजय महतो, वडा नम्बर २ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, सोही ठाउँका ४० वर्षीय रोशन थापा, ४२ वर्षीय मोजामिल मिया बाराको कलैया उपमहानगरपालिका– २३ निवासी २६ वर्षीय  मुकेश पटेल, परवानीपुर गाउँपालिका–३ लिपनीमालका ३० वर्षीय नबाब हुसेन र भारत विहार पूर्वी चम्पारण जिल्ला मोतीहारी रक्सौल अहिरवाटोल– ७ का २४ वर्षीय ईमाम अन्सारी रहेको पर्सा प्रहरी प्रवक्ता (डिएसपी) दीपक गिरीले जानकारी दिए।

डिएसपी गिरीका अनुसार गत माघ २६ मा उनीहरूले वीरगन्ज– ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरी वीरगन्ज– १५ का  विशाल कुमार पटवाबाट ६ लाख ५० हजार फिरौती लिएका थिए। पक्राउ परेका व्यक्तिकै सूचनाको आधारमा प्रहरीको टोलीले आठै जनालाई पक्राउ गरेको उनले बताए।

पक्राउ परेकाहरूको पृष्ठभूमि आपराधिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको गिरीले बताए। उनीहरू विगतमा विभिन्न कसुरमा सजाय भुक्तान गरिसकेको खुलेको छ। उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

उनीहरूको साथबाट मेड इन युएसए लेखिएको एक थान स्वचालित पेस्तोल, ५ राउन्ड गोली, एक थान म्याजिन, एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट लुटिएको रकम मध्ये ४ लाख ९५ हजार समेत बरामद गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर