नेभिगेसन मेनु

मधेश प्रदेश सभा : विषयगत समिति गठन
सम्पादक:南亚网络电视
समय:2023-02-16 13:35

Untitled-1 (10)

जनकपुरधाम, फागुन ४ गते । मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ। 

दलीय सहमतिको आधारमा समिति गठन गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराउनुभयो। प्रदेश सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता समयावधिको निर्धारणलगायत बैठक सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह-याइएको अन्य विषयमा परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समिति गठन गरिएको छ। 

परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समितिमा लखनदास तत्मा, हरिनारायण महतो, कुमरकान्त झा, जिवछीकुमारी यादव, रामआशिष यादव, चन्दकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन बिच्छा, विमला अन्सारी, उर्मिलादेवी सिंहलाई मनोनयन गरिएको छ। समितिमा नेकपा (माओवादी)को सदस्यलाई पछि व्यवस्थापन गरिने सभामुख मण्डलले बताउनुभयो। प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ नियम १४६ बमोजिम विभिन्न विषयगत समितिसमेत गठन गरिएको छ। सार्वजनिक लेखा समिति, अर्थ तथा योजना समिति, कृषि तथा भूमि व्यवस्था समिति, प्रदेश मामिला समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा सभा सदस्यलाई मनोनयन गरेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर