नेभिगेसन मेनु

हात्तीपाइलेकाे औषधि खुवाइँदै
सम्पादक:南亚网络电视
समय:2023-02-15 16:14

swasthya-nirdesanalaya-madhes

ढल्केवर, फागुन ३ गते । धनुषालगायत मधेश प्रदेशका पाँच वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत फागुन ११ देखि २५ गतेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा औषधि खुवाइने भएको हो । 

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखा प्रमुख सञ्जय यादवले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई ओछ्यानमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने बताउनुभयो ।

रोग लागिसकेपछि पूर्णरुपमा निको हुन नसक्ने भएकाले समयमै औषधि खाएमा शरीरमा हात्तीपाइले रोगको परजीवी नष्ट हुने र रोग नलाग्ने भएकाले आमरुपमा यो औषधि सेवन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीपाइले रोगको कुनै लक्षण नदेखिए पनि शरीरमा हात्तीपाइले रोगको परजीवी हुनसक्छ र विगतका अभियानमा औषधि सेवन गरेकाले यसपटक पनि वितरण हुने औषधि खानुपर्छ ।

यसपटक हात्तीपाइले रोग निवारणका लागि अल्वेण्डाजोल, ईभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधि खुवाइनेछ । विगतका अभियानहरूमा औषधि लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने जस्ता समस्या देखिएकाले यसपटक स्वास्थ्यकर्मीका टोलीले आफ्नै अगाडी औषधि खुवाउने तयारी गरिएको शाखा प्रमुख यादवले बताउनुभयो । 

प्रत्येक वडामा अभियान चलाउने र एउटा वडामा पाँच वटा समूह तथा एक समूहमा १८ जनालाई औषधि खुवाउनका लागि स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर