नेभिगेसन मेनु

महिनामा सवा खर्बको आयात हुँदा साढे १२ अर्बको निर्यात
सम्पादक:南亚网络电视
समय:2023-02-23 12:19

thumb (6)

स्रोत : भन्सार विभाग

बिर्तामोड — मुलुकबाट एक महिनामा साढे १२ अर्बको वस्तु निर्यात हुँदा सवा खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारअनुसार गत माघमा १२ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको हो ।

जबकि उक्त अवधिमा १ खर्ब २६ अर्ब ५० करोड रुपैयाँको आयात भएको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषिजन्य वस्तुसमेत आयात भइरहेको तथ्यांकले देखाएको छ । विलासिताका वस्तुको आयात पनि अत्यधिक बढेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) मा ९ खर्ब १९ अर्ब २६ करोडको आयात भएको छ । यो रकम गत वर्षको तुलनामा भने १९.९० प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा बढी डिजेल ८४ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ९६ करोड रुपैयाँको डिजेल आयात भएको थियो । दोस्रोमा पेट्रोलको आयात ३८ अर्ब ७३ करोड रुपैयाँको छ । गत वर्ष यही अवधिमा ३३ अर्ब ५६ करोडको पेट्रोल आयात भएको थियो ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिले इन्धन आयात बढी देखिएको हो । परिमाणमा खासै परिवर्तन नभए पनि मूल्य अस्वाभाविक रूपमा बढ्दा बढी देखिएको निगमको भनाइ छ । त्यस्तै, सबैभन्दा बढी आयात हुने वस्तुमध्ये एलपी ग्यास तेस्रो नम्बरमा छ । ७ महिना ३३ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । गत वर्ष उक्त अवधिको तुलनामा ग्यास आयात घटेको हो । विलासिताको वस्तुको रूपमा चिनिने सुन आयात चौथो नम्बरमा छ । ७ महिनामा सुन आयातमा ३१ अर्ब २ करोड बाहिरिएको छ ।

त्यस्तै, भटमासको तेल (कच्चा) २६ अर्ब ४२ करोडको आयात भएको छ । तेस्रो मुलुकबाट आयातित भटमासको कच्चा तेल नेपालमा प्रशोधन भएर पुनः भारत निर्यात हुन्छ । उक्त अवधिमा २३ अर्ब ६६ करोडको शुद्ध फलाम, १७ अर्ब ७६ करोडको कच्चा पाम तेल, १६ अर्ब २५ करोड रुपैयाँको मोबाइल टेलिफोन आयात भएको छ । विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासिताका वस्तुको आयात बन्देज गरेको थियो । जसले समग्रमा सुन, मोबाइलको आयातमा केही कमी देखिएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा ९३ अर्ब ४३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात रकम २९.०३ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको थियो । आयातसँगै निर्यातसमेत घट्नु भने चिन्ताजनक छ । निर्यात हुनेमा सबैभन्दा अगाडि पाम र भटमासको प्रशोधित तेल छ । ७ महिनामा १३ अर्ब ९२ करोडको प्रशोधित पाम तेल र ८ अर्ब २७ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । तर, यी दुवै वस्तु स्वदेशमै उत्पादन भएर निर्यात भएको होइन । ‘तेस्रो मुलुकबाट कच्चा पदार्थको रूपमा आयात हुन्छ, यहाँ प्रशोधन गर्ने मात्रै हो । स्वदेशमै उत्पादन भएको भए राम्रो हुन्थ्यो,’ विभागका एक अधिकारीले भने ।

कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएका यी वस्तुले समग्र निर्यातआयात व्यापारलाई बढाइदिएको हो । निर्यात बढाउनकै लागि सरकारले तुलनात्मक लाभका वस्तु घोषणा गरे पनि त्यसबाट पर्याप्त फाइदा लिन नसकेको जानकारहरू बताउँछन् । विभागको तथ्यांकअनुसार ७ महिनामा ६ अर्ब ८७ करोडको सेन्थेटिक यार्न, ६ अर्ब ४५ करोडको ऊनी गलैँचा कार्पेट, ४ अर्ब ८९ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । त्यस्तै, ७ महिनामा व्यापार घाटा १८.७१ प्रतिशतले घटेर ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । विभागका अनुसार मुलुकको समग्र व्यापार पनि २०.८४ प्रतिशतले घटेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर