नेभिगेसन मेनु

सरकारद्वरा बढाइयाे इन्धनको मूल्य
सम्पादक:南亚网络电视
समय:2023-02-07 13:44

Sajha-Petrol-Pump

२४ माघ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । गए राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम्  सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले जारि गरको विज्ञप्तिमा उल्लेख गरिएको छ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मटितेलमा ४. ६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर