नेभिगेसन मेनु

नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सम्पादक:南亚网络电视
समय:2023-01-31 17:01

rekha-1

काठमाडौं, माघ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

मङ्गलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लानुपर्ने चुनौती रहेको बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलतायुक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्रका र देश बाहिरका समेत अनगिन्ती टेलिभिजन च्यानलहरुकाबीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ ।’’

उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । टेलिभिजनलाई आधारभूत जनताले महसुस गर्ने गरी योजनाहरू तय गर्न पनि सञ्चारमन्त्रीले आग्रह गर्नुभयो ।

‘‘यसका लागि उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ । आगामी दिनका लागि टेलिभिजनले गहिरो अध्ययन गरी आधारभूत जनताले महसुस गर्ने खालका योजनाहरू तय गरोस् ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसलाई लक्ष्य अनुरूप सम्पन्न गर्नको निम्ति आफ्ना सबै साधन, स्रोतको सही ढङ्गले सदुपयोग गरोस् र गर्नेछ भन्ने कुराको विश्वास पनि लिएको छु ।’’ 

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवर्द्धन, राष्ट्रिय हितको प्रवर्द्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रसारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, प्रविधि र पहुँचमा पनि बिस्तार र सुधार गर्दै लानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन, राष्ट्रिय हितको संवर्द्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसात् गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पहुँचमा थप विस्तार र सुधार गर्दै जाओस् ।’’

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरूको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले टेलिभिजनका कर्मचारीहरूले आफ्नो कर्मथलोप्रति सधैँ इमान्दार र प्रतिबद्ध भइ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिइएको बताउनुभयो । 

महाप्रबन्धक फुलमान बलले प्रधानमन्त्रीको चाहनाअनुसार नै नेपाल टेलिभिजनले विभिन्न भाषाभाषीमा समाचार प्रसारण सुरु गरेको जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर