स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।
आइतबार नम्बरी सुनको भाउ प्रतितोला एक लाख ४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्ट्यान्डर्ड सुन शुक्रबार प्रतितोला १ लाख ३ हजार १ सयमा बिक्री भएको थियो भने आज प्रतितोला १ लाख ३ हजार ५ सयमा बिक्री भइरहेको छ ।
यसैबीच चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, केही एसियाली हबहरूमा भौतिक सुन खरिदकर्ताहरूमा गिरावट आएको थियो , जबकि केन्द्रीय बैंकको मागले चीनमा प्रीमियम स्थिर राखेको थियो।