नेभिगेसन मेनु

मधेस जोड्दै नेवारी संस्कृति
सम्पादक:南亚网络电视
समय:2023-02-16 13:26

newari-madeshi_SszE0oSlOc

काठमाडौं  : मधेस आन्दोलनपछि तीब्र विकास भएको ठाउँ हो, महोत्तरीको बर्दिबास। जहाँ मधेसी–पहाडी समुदायको मिश्रित बस्ती छ। अन्य जातिजस्तै यहाँ नेवार जातिको पनि बाक्लो बसोबास छ। हरेक वर्ष नेवारहरूले सामूहिक रूपमा गर्ने कन्याहरूको इही (बेल विवाह) र बटुकहरूको क्यौता–पूजा (ब्रतबन्ध) ले सबैको ध्यान तान्ने गरेको छ। 

यस वर्ष पनि बर्दिबासस्थित पञ्चधुरा माईस्थान मन्दिरमा इही र क्यौता पूजाको आयोजना गरिएको थियो। जसले बर्दिबास क्षेत्रमा बसोबास गर्ने नेवार जातिलाई भेटघाटको अवसर पनि बनाएको थियो। अझ प्रसाद ग्रहण गर्न जानेहरूलाई नेवार संस्कृतिबारे बुझ्ने मौका पनि मिलेको थियो।

‘नेवारी संस्कृति समृद्ध छ। तर, नयाँ पुस्तालाई जानकारी नहुँदा संस्कृति मासिने खतरा पनि उत्तिकै देखिएको छ। यी सबैलाई महसुस गरेर हामीले सामूहिक रुपमा इही र क्यौता पूजा आयोजना गर्दै आएका छौं’, बर्दिबास नेवाः समाजका अध्यक्ष धननारायण श्रेष्ठले भने, ‘स्थानीय सरकारका प्रतिनिधि, बुद्धिजीवीहरूलाई बोलाएर हामीले नेवारी संस्कृति, पहिरन, गीतसंगीतका बारेमा जानकारी गराउँछौं।’ नेवारी भाषा, संस्कृति र साहित्यलाई संरक्षण गर्न उनले स्थानीय सरकारसँग कार्यक्रम माग गरेको  बताए।

बर्दिबास क्षेत्रमा अरूभन्दा कम संख्यामा रहेको नेवार जातिको संरक्षण, सम्बद्र्धन र विकासका लागि ‘बर्दिबास नेवाः समाज’ स्थापना गरिएको छ। यसैबीच संस्थाको सातौं साधारणसभाको आयोजना गरिएको छ। बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले नेवाः संस्कृतिसँग आफू नजिक भएर भिजेकाले नेवाः संस्कृतिको विकास र प्रबद्र्धनमा नगरकातर्फबाट सक्दो सहयोग गर्ने बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर