नेभिगेसन मेनु

युवाले संस्कृति सिक्ने माने पर्व
सम्पादक:南亚网络电视
समय:2023-02-08 12:48

Untitled-1 (2)

हुम्ला, माघ २५ गते । हुम्लाको बुराउसे गाउँका लामा समुदायले मान्ने माने पर्व सकिएको छ। यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन्। 

सिमकोट गाउँपालिका–४ का राजबहादुर लामाले पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न भएको बताउनुभयो। चार दिनसम्म मनाइने यस पर्वमा बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन्।

यो पर्वको पहिलो दिन देवीदेवताको पूजाआजा गरिन्छ। दोस्रो र तेस्रो दिन लामा समुदायले नाच्ने विभिन्न झाँकीहरू पुरुषले प्रस्तुत गर्छन्। यसमा काठको मुकुन्डो लगाएर हातमा लट्ठी समातेर नाचिने बाक्पा नाच, तिलिङ्गे नाच, ढालतरबार समातेर नाच्ने महाँकाल नाच, घोडा नाच, फुर्का नाच, महिलाले नाच्ने ठाइकोर नाच नाचिन्छ। यी सबै नाचमा बूढापाका अगाडिको लाइनमा लागेर पछि लागेका नयाँ पुस्तालाई सिकाइने गरिन्छ। 

अन्तिम दिनमा भने गाउँमा भएका सबै खाले नराम्रा पक्ष हटाउन झुत्रा कपडा लगाएर पुरुष नाचेपछि पर्व समापन हुन्छ। यो पर्व बुराउसे गाउँमा तीन सय वर्षअगाडिदेखि नै नाचिँदै आएको स्थानीय बूढापाका बताउँछन्।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर