नेभिगेसन मेनु

गजल
सम्पादक:南亚网络电视
समय:2023-02-02 14:36

download

संसदको चिल्ला भाषणमा ताली बेचियो
रक्सी,चिया र चाप्लुसीमा गाली बेचियो
श्रीपेच,गजुर,ढुङ्गेधारा त के नै बाँकी थियो र
साझा चिनारी थियो एउटै थाली बेचियो
गाउँघरका चेलीबेटी कैले सुरक्षित भएनन्
हुँदा हुँदा श्रीमती अनि साली बेचियो
३६वर्णको साझा फूलबारी,शान्त थियो नेपाल
सुम्पिएर बगैंचाको साचों,माली बेचियो
पैसाको पिचास बेफिक्री मोहोरमा रमाई रहे
करोडौंको विश्वास कौडीमा खाली बेचियो
लुछ्दै ,चूड्दै,खोतल्दै खोक्राए काख
मित्र,नेपाल हरेक पाली बेचियो
झुटमा मौलाएको फूलको बासना,गनाएन की कसैलाई
स्वाभिमानको कुनै अर्थ रहेन,नेपाली बेचियो
संसदको चिल्ला भाषणमा ताली बेचियो
रक्सी,चिया र चाप्लुसीमा गाली बेचियो।।।
✍️विशाल श्रेष्ठ
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर