नेभिगेसन मेनु

बरामद सवारीसाधन अस्तव्यस्त
सम्पादक:南亚网络电视
समय:2023-02-07 12:56

Untitled-1

काभ्रेपलाञ्चोक, माघ २४ गते । अवैध रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको करिब डेढ दशकसम्म पनि व्यवस्थापन नहुँदा बेवारिसे अवस्थामा पुगेका छन्। अरनिको राजमार्ग हुँदै चीनतर्फ निकासी हुने रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको वर्षौंसम्म व्यवस्थापन नहुँदा कबाडीमा परिणत हुन पुगेका छन्। 

अवैध रक्तचन्दन ओसारपसारमा प्रयोग गरिएका सवारीसाधन तत्कालीन जिल्ला वन कार्यालय (हाल डिभिजन वन कार्यालय)मा बुझाइएको थियो। मुद्दा परेको वर्षौं हुँदासमेत बरामद गरिएका सवारीसाधन सम्बन्धित धनीले बुझेका छैनन् भने वन कार्यालयले लिलामसमेत गर्न सकेको छैन। 

अवैध रक्तचन्दन ओसारपसार गरेको आरोपमा डेढ दशकको बीचमा छवटा सवारीसाधन बरामद गरिएको छ। बरामद गरिएका सवारीसाधन व्यवस्थापन नहुँदा 

धुलिखेलस्थित साबिकको जिल्ला वन कार्यालय रहेको तथा हाल नेपाली सेनाको काली जङ्ग गण धुलिखेल परिसरमा काम नलाग्ने अवस्थामा रहेका छन्। अवैध रक्तचन्दन ओसारपसारको आरोपमा बा६च ४०३८ नम्बरको कार, बा३१प ५५०१ नम्बरको मोटरसाइकल, बा२३प ६५४४ नम्बरको मोटरसाइकल बरामद गरिएको थियो। यसैगरी ना२च १७३७ नम्बरको डीआई गाडी, बा२ख ७४३४ नम्बरको मिनी कन्टेनर, ना२ख ३३७७ नम्बरको बस फल्स बटम बनाई रक्तचन्दनको ओसारपसार गरेको आरोपमा प्रहरीले रक्तचन्दनसहित बरामद गरेको थियो। 

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरेलले अवैध रक्तचन्दन ओसारपसारमा बरामद गरिएका सवारीसाधनको विषयमा के गर्ने स्पष्ट निर्देशन नभएको बताउँदै उक्त मुद्दामा अदालतले बरामद गरिएका साधनहरूको विषयमा के फैसला गरेको छ उक्त कुरासमेत कुनै जानकारी नभएका कारण बरामद गरिएका सवारीलाई लिलामसमेत गर्न नसकिएको बताउनुभयो।

उहाँले बरामद गरिएका सवारीको विषयमा अदालत तथा वन विभागको स्पष्ट निर्देशन नभएसम्म व्यवस्थापनको विषयमा कुनै काम गर्न नसकिने बताउनुभयो। उहाँले एक वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग गठन भएको बताउँदै अवैध रक्तचन्दन ओसारपसारजस्ता कसुरजन्य सम्पत्तिका मुद्दा विभागले हेर्ने बताउनुभयो। उहाँले कतिपय अवस्थामा बरामद गरिएका सवारीसाधनको राजस्व नतिरिएको हुनाले मूल्यभन्दा राजस्व बढी तिर्नुपर्ने भन्दै यस्तो अवस्थामा साधन लिलाम नहुने बताउनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर