नेभिगेसन मेनु

तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाइने
सम्पादक:南亚网络电视
समय:2023-01-22 14:07

Untitled-1

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँसँग तिलगङ्गा आँखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले गर्नुभएको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

डा. रुइतले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा यससम्बन्धी चासो राख्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ । 

यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।” मानवीय सेवाका लागि डा. रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गर्नुभएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिँदै यो सम्मानबाट नेपालको शिर उँचो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवार्डले देशकै सम्मान बढाएको छ । 

नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ । मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो ।” प्रधानमन्त्री प्रचण्डले आँखा उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउनुभयो । उहाँले मोतिबिन्दु उपचारका लागि नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर