नेभिगेसन मेनु

कांग्रेस प्रदेश–१ संसदीय दलको नेतामा थापा निर्वाचित
सम्पादक:南亚网络电视
समय:2022-12-30 12:30

321813496_865974134743145_8020719772398348594_n1672374359

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी पार्टीका प्रदेश–१ सभापति समेत हुन् ।

शुक्रबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा थापाले १८ मत ल्याई विजयी भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याए । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।

संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र आफूले अब सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने बताए ।

अर्यालले संस्थापन सभापति शेरबहादुर देउवा समूह, थापाले कृष्णप्रसाद सिटौला समूह र कार्कीले संस्थापनइतर ९शेखर कोइराला० समूहबाट उमेदवारी दिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर