नेभिगेसन मेनु

तरुलबाट मनग्गे आम्दानी
सम्पादक:南亚网络电视
समय:2023-01-11 13:07

Untitled-1 (2)

कावासोती, पुस २७ गते । पूर्वी नवलपरासीका किसान अचेल तरुल खन्न र बिक्री गर्न व्यस्त छन् । माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानुपर्ने हिन्दु परम्पराअनुसार पर्व नजिकिँदै गर्दा तरुलको व्यापार फस्टाएको छ ।

जमिनमुनि फल्ने फल तरुल शुद्ध र अर्गानिक फल हो । यसमा कुनै विषादी मिसिएको हुँदैन । यसमा रोग तथा कीराको आक्रमणसमेत नहुँदा खानका लागि उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो । नवलपुरको पहाडी क्षेत्रको जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग पोखरा र काठमाडौँसम्म हुने गरेको छ । 

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी कृष्णबहादुर सारूले बताउनुभयो । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो ।

नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उहाँको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँ पठाउने गरेको बताउनुभयो । एक हप्ताअघिदेखि तरुलको व्यापार सुरु भएको र अहिलेसम्ममा २० टन तरुलको व्यापार गरेको सारूले बताउनुभयो । 

नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा तरुल उत्पादन हुनेगर्छ । यहाँ उत्पादित वनतरुल प्रतिकेजी १०० रुपियाँ, पन्जेतरुल ८० र मुढेतरुल ५० रुपियाँमा बिक्री हुने गरेको थोक बिक्रेता लालबहादुर सारू बताउनुहुन्छ ।

गत वर्ष जिल्लाबाट ४० टन तरुल निर्यात गरी राम्रो आम्दानी गरेको उहाँको भनाइ छ । डोकामा बोकेर एक किलोका पोकामा तरुल बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर