नेभिगेसन मेनु

बुध्द एयरले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थतलबाट उडान भर्ने
सम्पादक:南亚网络电视
समय:2022-12-28 16:42

buddha-pokhara

बुध्द एयरले आन्तरिक उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । जनवरी १ देखि बुध्द एयरको सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गरिने भएकाले यात्रुलाई निश्चित समयमा चेक–इनका लागि एयरलाइन्सले अनुरोध गरेको छ ।

पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि सञ्चालनमा आउन लागेको छ । नयाँ विमानस्थल भौतिक पूर्वाधारले राम्रो रहेको छ भने आईएफआर प्रविधि पनि जडान गरिएको छ । जसले गर्दा अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ ।

बुध्द एयर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको जनाएको छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ । यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुध्दका लागि चेक–इन काउण्टर नं। ३, ४ र ५ तोकिएको एयरलाइन्सले जनाएको छ

लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुध्द एयर अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगवौ विमानस्थल पुगि चेक–इन गर्न बुध्द एयरले विशेष आग्रह गरेको छ ।

बुध्द एयर यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरी देखि रात्रीकालिन उडान पनि गर्नेछ ।

अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुध्द एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ । बुध्द एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ । निकट भविष्यमै बुध्द एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर