नेभिगेसन मेनु

रजहरमा चिनियाँ चिकित्सा टोलीको निःशुल्क शिविर
सम्पादक:南亚网络电视
समय:2022-12-19 15:32

医疗队给当地医院捐赠医疗器械

बुटवल–नारायणगढ सडकको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रक्सनले सामाजिक दाइत्व अन्तरगर्त चिनियाँ चिकित्साहरुद्वारा तिन दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का, देवचुली नगरपालीका–१६ रजहरमा मंसिर २८ गते देखि पुस १ गते सम्म निःशूल्क स्वास्थ्य शिविर भएको थियो।

IMG_9050

निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घांटी रोग, मुख तथा दन्त रोग, सामान्य चिकित्सा हाडजोर्ने तथा नशा रोग, भिडियो एक्स– रे, इसिजी, छातीको रोगको निशुल्क स्वास्थ्य उपचार भएको चाइना स्टेट कन्सट्रक्सनका मटिरियल इन्जिनियर इश्वर भट्टराईले बताए। तिन दिनमा ३४२ जनालाई निःशुल्क उपचार गरिएको उनले बताए। यस अघि विभिन्न ठाउँमा चाइना स्टेट कन्सट्रक्सनले सामाज सेवा गर्दै आएको उनले बताए। यस कम्पनीले नेपालमा मात्र नभई विश्वका अन्य देशमा पनि यस्तै सामाज सेवा गर्दै आएको उनले बताए। आगामी दिनहरूमा पनि यस्तो खालको सामाजिक सेवा गर्ने छौं।’

IMG_9021

हामीले निःशुल्क उपचार गर्न पाएकोमा खुशी भएको ६८ वर्षकी स्थानीय मेनुका अधिकारी बताउछिन। रहजरमा निःशूल्क स्वास्थ्य शिविर छ भनेर वडाका जनप्रतिनिधिले सुनाएको उनी बताउछिन, उनी बताउछीन, ‘यस निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन पाउदा म एकदमै खुशी छु।’

IMG_9286

बजारको चोक चोकमा चिनियाँ चिकित्सकद्वारा निःशूल्क स्वास्थ्य शिविर हुदै छ भनेर माइकिङ गरेको आधारमा उपचार गर्न आएको रजहरका स्थानीय होमनाथ कँडेल बताउछन्। यस किसिमको उपचार गर्न अस्पताल जादा धेरै पैसा खर्च हुन्थ्यो उनले भने, ‘तर हामीले यहाँ निःशूल्क उपचार पायौ। धेरै खुसी लाग्यो।’

त्यसैगरी शुशिला खनालले विदेशीहरुको उपचार निकै राम्रो रहेको उनि बताउछिन। हाम्रो देशमा आएर यस्तो उपचार दिनु भएकोमा उहाँहरुलाई हृदयदेखि नै धन्यवाद छ उनी बताउछिन।

IMG_8064

१४औँ चिनियाँ चिकित्सक टोली नेपाल आएको ६ महिना भइ सकेको र यस समय अवधिमा ७ वटा ठूला निःशुल्क चिकित्सा सेवा सञ्चालन गरी सकेको चिनियाँ चिकित्सक टोलीका लिडर च्या स्याउ फङले बताए । यस निःशुल्क चिकित्सा सेवामा अधिकांश स्थानीय बासिन्दा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नी तथा अन्य रोगबाट पीडित रहेको उनले बताए । रजहरको यस निःशुल्क स्वास्थ्य शिविर दिनको ७० जना मानिसको स्वास्थ्य उपचार गर्ने गरी जम्मा ३ दिनका लागि मात्र सञ्चालन गर्ने योजना बनाएको तर ठूलो संख्यामा स्थानिय मानिसहरुले भिड भएकाले ३ दिनमा ३ सय ४० भन्दा धेरै स्थानीयवासीको स्वास्थ्य परिक्षण गरिएको र कतिपय स्थानीयवासीले अझै पनि स्वास्थ्य परीक्षण गर्न नपाएकाले निःशुल्क स्वास्थ्य शिविरलाइ पौष ३ गते आइतबार १दिन थप गरिएको च्या स्याउ फङले बताए । 

IMG_8001

चाइना स्टेट कन्सट्रक्सन र देवचुली नगरपालीकाको सहयोगमा स्थानीय जनताका लागि निःशुल्क स्वास्थ्य शिविर गर्न पाउदा हर्षित भएको देवचुली नगरपालीकाको मेयर हरिप्रसाद न्यौपानेले बताए। चाइनाको डाक्टरहरुबाट हाम्रो नागरीकहरुलाई निःशुल्क उपचार गर्न पाउदा खुशी लाग्यो। उनले भने, अझ भोलीका दिनमा पनि यस्ता स्वास्थ्थ शिविरहरु गर्न आग्रह छ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर