नेभिगेसन मेनु

चीन—नेपाल एक दशक (श्रृंखला १) बुटवल–नारायणगढ सडक निर्माणले गति लिए सँगै स्थानीयवासीमा छायो खुशी
सम्पादक:南亚网络电视
समय:2022-12-19 18:48
 काठमाडौं, साउथ एशिया नेटर्वक टिभि
साउथ एशिया नेटर्वक टिभि र नेपाली मिडियाले (चीन–नेपाल) एक दशक विषयवस्तुमा आधारित शृंखला सुरु गरेका छन् । जस अन्तर्गत पत्रकारको दृष्टिकोणबाट  विगत १० वर्षमा नेपाल र चीनबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास, आदानप्रदान र सहकार्यलाई मनमा राखी संयुक्त समीक्षा गरेको छ। 

 微信图片_20221219163541

                             निमार्णधिन बुटवल–नारायणगढ सडक खण्ड (गैंडाकोट)। तस्विरः रमेश श्रेष्ठ

गैंडाकोट देखि बुटवलसम्मको पूर्वपश्चिम राजमार्गको सडक निमार्णको कामले पछिल्लो समय तीव्रता पाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ।

IMG_7883

नारायणगढ–बुटवल सडक खण्डमा कतै ४ लेन, कतै ६ र कतै ३ लेनको सडक निर्माण भइ रहेको छ। गैंडाकोटदेखि दाउने सम्मको ६५ किलोमिटर र दाउने देखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर अहिले धामाधम काम भइरहेको छ। दुई महिना यता कामले तिव्रता पाएसँगै स्थानीयबासी हर्षित भएका छन्।

IMG_7925

 स्थानीयःरुपेश धिताल

अरु कम्पिनी भन्दा चिनिया कम्पिनीको काम गर्ने शैली धेरै रामो भएको गैडाकोटका स्थानीय रुपेश धितालले बताए। सडक निमार्ण सम्पन्न भएपछि स्थानीयले मात्रै नभई पूर्व देखि पश्चिम जाने यात्रुहरुले पनि सहज रुपमा यात्रा गर्न सकिने उनले बताए। अन्तराष्ट्रिय राजमार्ग भएकाले व्यापार गर्न सजिलो हुने पनि उनले बताए। मैले यसरी बाटो बनाएको अन्त कतै देखिएको छैन। उनले भने, ‘यो स्तरको काम गर्नु भनेको राम्रो हो।’

IMG_7936

 स्थानीयः भानुभक्त अधिकारी 

कोरोनाको समयमा निर्माण कार्यले गति लिन नसके पनि पछिल्लो समय काम तिव्र गतिमा भइरहेको गैडाकोटका स्थानीय भानुभक्त अधिकारीले बताए। यस कम्पनीले गरेको काममा स्थानीय खुशी भएको र यही गतिमा काम अगाडी बढ्ने हो भने समयमा नै काम सम्पन्न हुन सक्ने उनले बताए। उनले भने ‘यो सडक बनि सकेपछि धुलो, धुवाँ हुदैन, सडक फराकिलो हुन्छ, दुर्घटना हुने सम्भावना एकदमै कम हुन्छ।’

IMG_7972

स्थानीयःशुरज शर्मा

यो सडक निमार्ण सम्पन्न भइसके पछि बुटवल वा नारायणगढ जान सजिलो हुने स्थानीय शुरेश शर्मा बताउँछन्। नेपाली ठेक्दारहरुको तुलनामा चिनिया ठेक्दार कम्पनिले एक दम राम्रोसँग काम गर्दै आएको र समय समयमा इन्जिनियर द्वारा निरीक्षण पनि भइ रहेको उनले बताए। बजार क्षेत्रमा लामो डिभाइडर भएकाले सडकमा बाटो काट्दा वा सवारी साधन अर्को तर्फ जादा दुइ किलोमिटर भन्दा बेसी हिडेर बाटो काट्नु पर्ने समस्या देखिएको उनले बताए। यस समस्यालाइ सम्बधित निकायले बेलैमा ध्यान दिइ सच्चाएर अघि बढ्न उनी आग्रह गर्छन ।

IMG_8100

चाइना स्टेट कन्स्ट्रक्सनका नेपाली पमुख राकेश कुमार झा

चाइना स्टेट कन्स्ट्रक्सनले सडक निर्माण कार्य जिम्मा पाउनु भन्दा पहिले नै कोरियन कम्पनीले डिपिआर तयार गरी सकेको र त्यही डिजाइन अनुसार काम भइ रहेको चाइना स्टेट कन्स्ट्रक्सनका नेपाली प्रमुख राकेश कुमार झाले बताए। बिचमा डिभाइडर थप्नका लागि सडक विभाग बाटै डिपिआर परिर्वतन भएर आउनु पर्ने अनि मात्र परिर्वतन गर्न सकिने उनले बताए। डिभाइडर लामो भएको स्थानीहरुको जन गुनासो छ, त्यो समस्या हामीले मात्र समाधान गर्न नसकिने उनले बताए। 

IMG_7908

विजुलीको पोल, बजारको खानेपानी तथा ढल व्यवस्थापन, रुख कटान र कोभिडका कारणले गर्दा निमार्णमा केही ढिला भएतापनि पछिल्लो समय निमार्ण कार्यले तिव्रताले लिएको झाले बताए। पहिलो जुन ठाउँबाट माटो ल्याउने भनिएको थियो त्यस ठाउँमा अहिले माटो लिन जादा विभिन्न जटिल्ताहरु रहेको र जटिलो कानुनी प्रक्रियाहरु भएकाले अहिले सडक निमार्णमा चाहिने जति माटो उपलब्ध नभएको उनले बताए। देवचुली नगरपालीकाले ढेड लाख घनमिटर माटो सहयोग गरेको भएतापनि अझै ८ लाख घनमिटर माटो आवश्यक रहेको उनले बताए। त्यी विधित कारणले गर्दा हामीलाई समयमा नै काम गर्न गह्रो भएको हो। उनले भने, ‘अहिले द्रुत गतिमा निमार्ण कार्य भइ रहेको छ। माटो उपलब्ध भए समयमा नै निमार्ण सम्पन्न गर्छौ।’

भौतिक प्रगति २० प्रतिशत सम्पन्न

बुटवल–नारायणगढ सडक खण्डको अहिले २०.३३ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ। गैडाकोट देखि दाउने र दाउने देखि बुटवलसम्म दुई भागमा विभाजन गरि अहिले सडक निमार्ण भइरहेको छ। २०७५ चैत ८ गते बुटवलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडक विस्तार कार्यको शिलान्यास गरेका थिए।

微信图片_20221220093637

चालु आर्थिक वर्षमा ५० प्रतिशत काम सकाउने लक्ष्य रहेको झाले बताए। यस सडक निमार्णमा कुनै लापरबाही नभएको उनले बताए। सडक खण्ड फराकिलो गर्दा थप स्थानीय समस्याहरु आएन भने २०२४ को जुलाई महिनामा निर्माण सम्पन्न हुने उनले बताए। त्यसमा लागि नेपाल सरकारको सहयोग पनि आवश्यक हुन्छ। उनले भने, ‘अहिले १२ सय जना कामदारले काम गरिरहेका छन्। यो डिसेम्बर महिनामा ३ किलोमिटर कालोपत्रे गर्ने छौं। अब हरेक महिना ३ किलोमिटर कालोपत्रे गर्ने हाम्रो योजना रहेको छ।’

यस्तो बन्ने छ आयोजना

नारायणगढ–बुटवल सडक सन् १९७२ मा राजा महेन्द्रले शिलन्यास गरेको दुई लेनको सडकलाई स्तरउन्नती गर्नका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरिएको हो। यस सडक खण्डमा जंगल क्षेत्रमा चार लेन, बजार क्षेत्रमा ६ लेन र दाउने पहाडमा तीन लेनको सडक बन्ने छ। गैंडाकोटदेखि दाउने सम्मको ६५ किलोमिटर र दाउनेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर अहिले निमार्ण भइरहेको छ।

IMG_7909

गैंडाकोट–दाउने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउने–बुटवल सडक खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ। एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो। १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतको यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ।

IMG_7906

यस सडक खण्ड साउथ एसियन हाइवेइ स्तरमा निमार्ण हुने छ। साना र ठूला पुल गरेर जम्मा ३४ वटा पुल निमार्ण हुने छ। जसमा १२ वटा पुरानो लामो पुललाई यथावत राखिने छ। यस सडक निमार्ण गर्दा ३६ हजार रुख काटिने छ। सडकलाई सुन्दर बनाउन मुख्य सडकको दुई लेनको बीचमा तीन मिटरको हरियाली भाग (ग्रिनरी) रहने छ । जहाँ बाह्रै महिना

हरियाली बनाइने छ। सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टा देखि पौने दुई घण्टामा पुग्न सकिने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर