नेभिगेसन मेनु

लिफ्टिङ खानेपानी योजनाको काम शुरू
सम्पादक:南亚网络电视
समय:2023-01-08 13:11

khanepani_iGlkgHXUrc

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम शुरू गरिएको छ ।

वडा नम्बर ३ बाम्राङ, वडा नम्बर ४ खाल्ले र वडा नम्बर ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो ।

लफ्याङस्थित साप्सुखोला किनारमा शनिवार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेको छ । साप्सुखोलाको पानी ५ हजार १०० मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर २ हजार ३८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम शुरू गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ रुपैयाँमा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले विक्रम संवत् २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विक्रम संवत् २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो ।

खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना शुरू गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । निर्माण कम्पनीले विक्रम संवत् २०७९ भदौ ५ गतेदेखि काम शुरू गरेको जनाएको छ ।

लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभीटी ट्यांकी, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, ७ वटा गार्ड हाउस लगायतका संरचना बन्ने जनाइएको छ । १०३ किलोमिटर वितरण पाइप लाइन र खोलाबाट ५ हजार १०० ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इन्जिनीयर हरिदेवकिशोर रजकले जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर