नेभिगेसन मेनु

बिरामीको मुहारमा खुसी छरिरहेकी चीनकी छोरी नेपालकी बुहारी, डा. स्या छन्छन
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-04-25 15:58

group edited

एस् ए टी भी १२ वैशाख, काठमाडौँः विश्व कै सुन्दर ट्रेकिङ रुट मध्य एक शीर्ष रुट अन्नपूर्ण सर्किटमा ट्रेकिङ गर्दै अन्नपूर्ण, मनास्लु तथा धौलागिरि जस्ता पर्वतहरूको दृश्यावलोकन गर्दै जीवनको उत्तरार्धका वर्षहरूको आनन्द महसुस गर्ने सुर कसेर नेपाल आएकी थिइन् चिनियाँ नागरीक युए चुआन वोङ उर्फ जेनी। ठुला ठुला हिमालको फेदैमा बसेर हिमाल हाँसेको हेर्दै मनलाई शीतल बनाउने उनको चाहनाले पोखराको विमानस्थल झर्दा नै उनलाई हलुका हलुका चङ्गा जस्तै बनाइ रहेको थियो। हिउँका सेता फेटा बाँधेर दुलही झैँ उभिएका हिमालको छेवैमा बसेका प्राचीन गाउँको सुगन्ध महसुस गर्दै अग्लो थोरङ्ला पास कट्ने फुर्ती अन्तर्मनमा खेलाइरहेकी थिइन जेनीले।  जेनी जब जब रुटमा अगाडी बढ्दै गइन् उनको मन त्यति त्यति आह्लादित हुँदै थियो भने उनको शरीर गल्दै गइ रहेको थियो। खुम्चिएको थोरङ्ला जस्तै उनको सास पनि खुम्चिएको महसुस हुन थाल्यो उनलाई।  उनको सास फुलेर आउन थाल्यो, मन धौलागिरिको फेदैमा पुगिसकेको थियो तर शरीरले भने आराम खोजी रहेको थियो, उनका ओठ तालु सुक्न थाले, त्यो कठ्याङ्ग्रिँदो चिसोमा पनि शरीर सुख्खा भएको जस्तो महसुस हुनथाल्यो, अन्ततः उनी बेहोस भइन्।

१७ घण्टा पश्चात् होस आउँदा उनले आफूलाई जहाँ चाहेकी थिइन् त्यो ठाउँमा उनी बिलकुलै थिइनन्। उनी काठमाडौँ ओभरसिज फ्रेण्डशिप अन्तर्राष्ट्रिय अस्पतालको शय्यामा थिइन्। यस बिचमा उनलाई बेहोस अवस्थामा कसले भेट्यो ? कसरी त्यस खराब मौसमका बाबजुद हेलिकप्टरको जोहो गरेर अस्पताल सम्म पुगिन्, कसले उनलाइ मृत्युको मुखबाट बचाइन उनलाई केहि पनि थाहा थिएन। उनको गम्भीर अवस्था देखेर उनी सँगै ट्रेकिङमा गएका सबै साथीले अाश मारी सकेका थिए तर अहिले उनी अस्पताल बसाई सकाएर घर जाने तयारीमा छिन्।  

IMG_6302

जेनी एक प्रतिनिधि पात्र मात्रै हुन्। यस्तै ट्रेकिङ जाँदा लेक लागेका होस् वा हिमाल चढ्दा हिम पहिरोमा परेका, हिमाल आरोहणको क्रममा घाइते भएका हिमाल आरोहीहरूको उपचार भइरहेको हुन्छ ओभरसिज फ्रेण्डसिप अन्तर्राष्ट्रिय अस्पतालमा। ती घाइते बिरामीहरूको सेवामा दिनरात नभनी खटिएकी हुन्छिन् डा. स्या छन्छन। 

xya chhenchhen

डा. स्या छन्छन बिहान सबेरै उठ्छिन्, एक आमाको जिम्मेवारी निभाउँछिन् सङ्गै असल पत्नीको किरीदार पनि बखुबी पूरा गरिरहेकी हुन्छिन् अनि सबै भन्दा बढी डाक्टर बनेर बिरामीको वरिपरि घुमि रहन्छिन्। उनलाई बिरामीले दुखाईको पिडा हटाउने र मुहारमा हाँसो ल्याउने लत बसेको छ। उनी सफा मन भएकी एक मेडिकल व्यावसायी पनि हुन् जसले आवश्यक परेको खण्डमा रात नभनी दिन नभनी बिरामीको सेवा गर्ने जोस र जाँगर सँगाल्छन्। 

यसैले होला उनलाई सबैले डा. प्रिसियस भन्दछन् शायद उनको उपस्थिति बिरामीलाई यती अमुल्य छ र त उनको नाम नै त्यसरी रहन गयो।

पृष्ठभूमि

सानै उमेरदेखि नै घाइते र बिरामीहरूको सेवा गर्ने र मृत्युको मुखबाट बचाउने महान पेसा प्रति उनको मनमा गहिरो आकर्षण बढ्यो। सेतो एप्रोन लगाएर विरामीहरूको उपचार गर्ने सपनाले उनको चिकित्सक बन्ने इच्छालाई दिनदिनै बलियो बनायो। यही आकर्षणले उनलाई चीनको साउथ वेस्ट मेडिकल युनिभर्सिटीमा पाँच वर्षे एमबिबिएस अध्ययन गर्न प्रेरित गर्यो, जसले चिकित्सकीय क्षेत्रमा पाइला राख्ने एउटा बलियो आधार तयार भयो। त्यसपछि उनले चीनको प्रतिष्ठित थोङ्चि विश्वविद्यालयबाट सर्जरीमा स्नातकोत्तर गरिन्, यस सँगै उनको अन्तर्राष्ट्रिय स्तरको चिकित्सक बन्ने महत्वाकांक्षा पनि बढ्दै गयो।  

IMG_6352

शाङ्हाइको दशाै पिपल्स अस्पतालमा उत्कृष्ट प्रशिक्षण पूरा गरेपछि उनी एक प्रवीण चिकित्सक बनेर उभिइन्। यसै क्रममा उनको जीवनमा एउटा सुन्दर मोड आयो – एक लगनशील नेपाली युवक प्रवीण मिश्रसँग उनको भेट भयो। उनको मेहनति स्वभाव र ईमानदारीले उनलाई मन्त्रमुग्ध बनाए र दुई जनाबीच गहिरो प्रेम बस्यो, अन्ततः उनीहरू विवाह बन्धनमा बँधे र यसले उनको जीवनको दिशा नै बदली दियो। पतिको साथमा उनी नेपाल आइन्, जहाँ उनले आफ्नो चिकित्सा ज्ञान र अनुभवलाई देश र समाजको सेवामा समर्पण गर्ने निर्णय गरिन्।

नेपाल बसाई तथा काम गराइको अनुभव

Weixin Image_20250425003744

आफ्नो देश छोडेर नेपाल आउँदा सुरु सुरुमा उनलाई निकै गाह्रो पनि भयो। नयाँ संसार, नयाँ भेसभुसा, नयाँ संस्कृति, नयाँ खानपिन, यी सबै कुरा सङ्ग घुलमिल हुन उनलाई उनका पति तथा घरपरिवारले निकै सहयोग गरे। बिस्तारै उनी नेपालको हावा पानी तथा सबै सङ्ग अभ्यस्त हुँन थाले, अहिले उनलाई संसारका अन्य सहर भन्दा काठमाडौँ अझै विविध र सुन्दर लाग्दछ। हट पट खाँदै हुर्किएकी उनी दालभात र मःमः मा रमाउने भइ सकीन्। 

पेसागत प्रतिकुलता

परिवार सङ्ग घुलमिल, समाज सङ्ग चिनजान अनि वातावरण सङ्ग अपनत्व लिई सके पछि  उनलाई सबै भन्दा समस्या भनेको कार्यगत घुलमिल थियो। उसै पनि चीनबाट नेपाल आएकी उनलाई नेपाली भाषाको ज्ञान थिएन त्यसमाथि नेपाली चिकित्सकीय लाइसेन्स परीक्षाको कठिनाइहरूले उनलाई निकै सतायो तर उनका पतिको सहयोगमा नेपालीले नै नसकेर छोड्ने लाइसेन्स परीक्षा पनि उनले सजिलै पार गरि दिइन्। "पतिको साथ र सहयोगले नै म आज यहाँ सम्म छु", उनले भनिन्।

अस्पताल स्थापनाको गर्भकथा

त्यसपछिका ३ वर्ष उनले नेपालको चर्चित मध्येको एक नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिन् र नेपालमा काम गर्ने तरिका सिकिन्। त्यहाँ काम गरिरहँदा पनि उनले बिरामी तथा दुखीहरूलाई सहयोग गर्ने अरू उपाय खोजिरहेकी हुन्थिन्। उनलाई कसरी हुन्छ बढी भन्दा बढी दुखी गरिब तथा बिरामीहरूको उपचार गरेर उनीहरूलाई मृत्यु शय्याबाट बाहिर निकाल्नु थियो, त्यसैले उनले आफ्ना पति सङ्गको सल्लाहमा सन् २०२१ मा ओभरसिज फ्रेण्डसिप अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनमा ल्याइन।

IMG_6428

नयाँ अस्पताल खुले पछि उनको दिनचर्यामा अर्को उत्तरदायित्व थपियो।  बृहत् अस्पताल भएकाले यहाँ सम्पूर्ण अन्तरङ्ग तथा बहिरङ्ग सेवाहरू उपलब्ध छन्। नेपालका विभिन्न हिमाल चढ्न आएका पर्यटकहरूको दुख सुखको साथी पनि बनि रहेको छ यस अस्पताल। विशेषतः चिनियाँ पर्यटकलाई लक्षित गरेर सुरु गरेका उनीहरूले जुनसुकै राष्ट्रका बिरामीहरूलाई पनि उपचार सेवा दिई रहेका छन्। 

IMG_6495

अन्तर्राष्ट्रिय स्तरका उपकरणहरू सहितको एक्स रे, अल्ट्रा साउन्ड, सिटी स्क्यान लगायतका विशिष्ट सेवा दिई रहेको यस अस्पताल १५ शय्याको छ। छाला, आँखा, नाक, कान, घाँटी, स्त्री रोग, हृदय रोग, स्नायु रोग, हाड जोर्नीका विशेषज्ञ डाक्टर भएको यस अस्पतालमा आएका बिरामीहरूले अत्यन्तै सुन्दर प्रतिक्रिया दिने गरेका छन्। 

देश भित्र तथा बाहिर हुने प्रायः कार्यक्रमहरूको स्वास्थ्य साझेदार हुने गरेको ओभर्सिज फ्रेण्ड्सिप अन्तर्राष्ट्रिय अस्पतालले नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेर ट्रेकिङ किटहरू पनि प्रदान गर्ने गर्दछ। यस अस्पतालका धेरैजसो कर्मचारी र चिकित्सकहरू चिनियाँ भाषा बोल्न सक्ने भएकोले चिनियाँ विरामीहरूलाई उपचार दिँदा भाषाको बाधा नहुने अस्पतालले दाबी गरेको छ।

व्यवसाय सङ्गसङ्गै समाजसेवा

अस्पतालले व्यावसायिक उडान त भरिरहेको नै छ, त्यसैगरी सामाजिक उत्तरदायित्व पनि निर्वहन गरिरहेको छ। अस्पतालले विभिन्न स्थानीय पालिकाहरूसँग समन्वय गरी गरिब र निर्धन रोगीहरूका लागि अस्पतालको कुल क्षमताको १०% निःशुल्क उपचार सेवा उपलब्ध गराइ रहेको छ। पालिकाहरूबाट सिफारिस लिएका सेवाग्राहीहरूलाई यो सुविधा प्रदान गरि रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी मिश्रले जानकारी दिए।

overseas friendship

यति मात्र होइन, अस्पतालले विभिन्न क्षेत्रहरूमा निःशुल्क चिकित्सा शिविर, दन्त चिकित्सा शिविर लगायतका सामाजिक सेवा कार्यक्रमहरू नियमित रूपमा आयोजना गरि रहेको छ।

व्यवसाय र सामाजिक सेवालाई सन्तुलित रूपमा अगाडि बढाउने सोच राख्ने स्या र प्रवीणले पर्यटकहरूको सुविधाको लागि पोखरामा पनि नयाँ शाखा खोल्ने योजना बनाइ रहेका छन्। उनीहरूको यो समाजसेवा तथा व्यवसायको यात्रामा कहिल्यै पूर्णविराम नलागोस्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर