एस् ए टी भी २८ चैत्र, काठमाडौँः निजि क्षेत्रको सम्मान: समृद्धिको आधार मूल नाराका साथ नेपाल उद्योग वाणिज्य संघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ सफलताका साथ सम्पन्न भएको छ।
साधारण सभामा प्रधानमन्त्री के.पी. शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा अर्थ व्यवसाय क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
देशको समृद्धिमा निजि क्षेत्रको लगानी प्रोत्साहन र आत्मविश्वास बढोत्तरीका निम्ति यस साधारण सभा सरोकारवाला निकायलाई झकझकाउन सफल भएको आयोजकको विश्वास रहेको छ। सुचना प्रविधी, उर्जा, कृषी लगायतका क्षेत्रमा नेपालका निजि लगानीकर्ताको उत्साहपूर्ण सहभागिताले नै देशको समृद्दी हुने कार्यक्रमको विश्लेषण थियो।
देशमा अहिले सरकार विभिन्न नितिगत तथा अन्य थुप्रै सकारात्मक परिवर्तनका लागि लागिपरिरहेको जनाउँदै आइटी, सेवामुलक तथा कृषि लगायतका क्षेत्रमा प्रविधिको प्रयोग बढाउनमा सरकार तथा निजि क्षेत्रको सहकार्य हुन जरुरी रहेको प्रधानमन्त्री के.पी. शर्मा ओलीले बताए। सरकार स्थायित्व र स्थिरताका लागि बनेको जनाउँदै उनले अबको यात्रा निजि क्षेत्र र सरकारको हातेमालो सहितको समृद्दिको यात्रा हुने बताए। यसै बिच नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वर्षमा प्रवेश गरेकोमा उनले बधाई ज्ञापन गर्दै आगामी दिनको शुभकामना पनि प्रदान गरे।
नेपालको विभिन्न क्षेत्रमा निजि लगानीकर्ताको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा अब सरकार नीति तर्जुमा तथा सहकार्यमा लागि परिरहेको परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी गराइन्। सङ्क्रमणकालिन समय सकिएर आधुनिकिकरण तथा औद्योगिकिकरण सुरु हुने यस मौकामा निजि क्षेत्र तथा सरकारले हातमा हात मिलाएर अघि बढ्नु पर्ने उनको विचार रहेको छ।
देश भरिका उद्योगी व्यवसायीको उपस्थिती रहेको सभामा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक अवस्था जनताले सोचेको जस्तो बिग्रीएको अवस्थामा पुगी नसकेको र अत्यन्तै राम्रो पनि नभएको बताए। उनले निजि क्षेत्रको अधिकतम सहभागिता बाट मात्रै देशको आर्थिक अवस्था द्रुत गतिमा सकारात्मकता तर्फ बढ्न सहज हुने विचार पनि व्यक्त गरे।
विश्व अर्थतन्त्रमा अहिले भइ रहेको संसोधनले नेपालले लाभ लिन सक्ने अवस्था भएको र निजि क्षेत्रको नेतृत्वमा नीति बने त्यसलाई वास्तविकतामा उतार्न कठिन नभएको साधारण सभामा उपस्थित सहभागीहरुको विचार थियो। देश अहिले आत्मनिर्भरता तर्फ लाग्ने सहि समय भएको बताउँदै सरकारले समन्वयकारी भुमिका खेल्नु पर्ने कुरामा उद्योगी व्यवसायीले जोड दिए। निजी क्षेत्रको नेतृत्वमा उचित निती निर्माण भयो भने देशको आर्थिक प्रगती दोहोरो अंकमा पुग्नेमा कुनै शंका नरहेको कार्यक्रमका सहभागीहरुले विश्वास पनि व्यक्त गरे।