नेभिगेसन मेनु

यू-१९ महिला एसिया कप : पहिलो जितसँगै नेपाल सुपर फोरमा
सम्पादक:南亚网络电视
समय:2024-12-16 17:54

1734339182_NEP_PAK 4-1200x560

एस् ए टी भी ०१ पौष, काठमाण्डौंः नेपालले मलेसियामा जारी यू-१९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।  

आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।  योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ ।

लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो । भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।  

किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।  

नेपालको जितमा क्याप्टेन पूजा महतोले नटआउट ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा नटआउट रहिन् । पाँचौ विकेटका लागि पूजा र सिमानाले नटआउट ३९ रनको साझेदारी गरेपछि नेपाल जित निकाल्न सफल भयो । 

साना प्रवीनले १०, सोनी पाख्रिनले १३ र सावित्री धामीले ८ रन बनाइन् । ज्योत्सनिका मरासिनीले भने खाता खोल्न पाइनन् ।  

फतिमा खान र युरातुलिनले समान एक विकेट लिए पनि नेपालको जित भने रोक्न सकेनन् ।  

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । माहम एनिस २९ रनमा नटआउट रहिन् ।  

नेपालका लागि क्याप्टेन पूजा महतोले २ तथा रचना चौधरी र रिया शर्माले समान एक विकेट लिए ।  

पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह 'बी'मा नेपाल र पाकिस्तानसँगै भारत छन् । समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन् ।  

एसियाबाट यू-१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर