नेभिगेसन मेनु

‘मिस अर्थ’मा भाग लिन सुमना उडिन् फिलिपिन्स
सम्पादक:南亚网络电视
समय:2024-10-21 13:32

missearth

काठमाडौँ । मिस नेपाल अर्थ सुमना केसी फिलिपिन्स उडेकी छन् । मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १०सम्म आयोजना हुने ‘मिस अर्थ २०२४’ मा भाग लिन उनी सोमबार बिहान फिलिपिन्स उडेकी हुन् ।
केसीलाई जितेको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितलगायतका प्रतिनिधिहरू पुगेका थिए ।
केसीले मिस अर्थमा प्रस्तुतिका लागि ‘सम्पदा’लाई केन्द्रित गरी थिम बनाइएकी छन् । उनले प्रतियोगितामा चितवनको दिगो पर्यटन र जलवायु परिवर्तनको विषयलाई समेत प्रस्तुत गर्ने बताइन् । नेपालको वनस्पतिलाई झल्काउने ढङ्गले नेसनल कस्ट्युम आफूले त्यहाँ प्रस्तुत गर्ने उनको जानकारी दिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर