नेभिगेसन मेनु

लेबनानमा इजरायली आक्रमणबाट ४९२ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-09-24 11:40

lebnanon

बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको  हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

यी आक्रमणहरूमा अरू १ हजार ६४५ जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेर हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको थियो । यसमा दुई जना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबिचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठुलो युद्धमा परिणत हुने हो कि भनेर विश्वभरका नेताहरू चिन्तित छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर