नेभिगेसन मेनु

पोलियो खोप अभियानका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत
सम्पादक:南亚网络电视
समय:2024-08-30 12:02

khop1

इजरायलले गाजामा मानवीय सहयोग पुर्‍याउनका लागि युद्धविरामका लागि सहमति जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा बालबालिकालाई पोलियोविरुद्धको खोपका लागि इजरायलले युद्धविराममा सहमति जनाएको बताएको छ।

बीबीसीका अनुसार सङ्गठनका वरिष्ठ अधिकारी रिक पीपरकोर्नले गाजापट्टीमा चलाइने पोलियो खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने छ।

आइतवारबाट सुरु हुने तीन दिने अभियानमा गाजाको मध्य, दक्षिणी र उत्तरी क्षेत्रका बालबालिकालाई खोप लगाइने रिकले बताए।

युद्ध विराम अभियान स्थानीय समय अनुसार बिहान ६ बजेदखि ३ बजेसम्म लागु रहनेछ।

यसअघि, युरोपियन युनियनले खोप अभियानका लागि इजरायललाई आग्रह गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर