नेभिगेसन मेनु

२२ जना पर्यटक बोकेको रूसी हेलिकप्टर बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-09-01 12:01

1725162526_helicptor-1200x560

रूसको पूर्वी क्षेत्रमा २२ जना पर्यटक सवार हेलिकप्टर बेपत्ता भएको छ। कामचत्का प्रायद्वीप भ्रमणका लागि २२ जना पर्यटकलाई प्राचीन वचकाजेत्स ज्वालामुखीबाट उडान भरेको केही बेरमै रडारबाट बेपत्ता भएको थियो।

बीबीसीका अनुसार वाक्लो हुस्सु र खराब मौसमका कारण हेलिकप्टर खोजी कार्यमा समस्या भइरहेको रूसी प्रहरीले बताएका छन्।

रूसको सुदूर पूर्व क्षेत्रमा प्रायः यस्ता दुर्घटना हुँदै आएको छ। कम जनसङ्ख्या रहेको यो क्षेत्रमा प्रायः मौसम खराब नै रहन्छ।

३ वर्ष अघि पनि खराब मौसमका कारण कामचत्कामा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर