नेभिगेसन मेनु

किमसँग पुटिनको ‘खतरनाक’ सम्बन्ध
सम्पादक:南亚网络电视
समय:2024-06-28 12:50

kim2024-06-28-08-12-34

पुटिनसँगको शिखर वार्ताले किममा आत्मविश्वास बढेको छ । रुससँगको व्यापारले उत्तर कोरियाको अर्थव्यवस्था स्थिर बनाउन मद्दत गरेको छ ।  दुई देशबीच कृषि, संस्कृति, सुरक्षा र प्रविधिमा काम गर्ने सम्झौता भएका छन् । 

किम जोङ उनसँग विदेशी समकक्षीहरूको सम्बन्धमा उतारचढाव आउने गरेको छ । विगतमा रमाइला पत्र आदानप्रदान गर्ने डोनाल्ड ट्रम्पसँग सन् २०१९ मा हनोईमा भएको शिखर सम्मेलन असफल भएपछि उनको दूरी बढेको छ । अहिले भ्लादिमिर पुटिन उनीनिकट छन् । पुटिनले युक्रेनमा आफ्नो युद्धलाई उकास्न किमलाई हतियार दिएका थिए । तिनीहरूसँग अब ‘कमरेड–इन–आर्म्सको अटुट सम्बन्ध’ छ, उत्तर कोरियाली तानाशाहले आफ्ना रुसी समकक्षलाई हालैको सन्देशमा जोड दिए । किमले सन् २०१९ देखि पुटिनलाई भेट्न रुसको सुदूर पूर्वको दुइटा यात्रा गरेका छन् । पुटिनले उत्तर कोरियाको भ्रमण सम्पन्न गरेका छन्, जुन सन् २००० मा उनी राष्ट्रपति बनेपछिको पहिलो हो ।

भूराजनीतिक परिवर्तनका कारण सम्बन्ध मजबुत बनेको छ । हनोईमा असफल शिखर वार्तापछि किमले अमेरिकासँगको वार्ताबाट पछि हट्नुका साथै रुससँग नयाँ पहल थालेका थिए । युक्रेनमा पुटिनले पूर्ण मात्रामा आक्रमण गर्दासम्म उत्तरको प्रतिक्रिया हल्का न्यानो थियो । आक्रमण गर्न रुसलाई हतियार आवश्यक पर्‍यो । उत्तरसँग पर्याप्त हतियार थियो । तर, परिवर्तन (झुकाव) को प्रभाव हतियार व्यापारभन्दा बाहिर जान सक्छ । ‘यसलाई हतियारको सम्झौताको रूपमा मात्र सोच्नु गल्ती हो,’ अमेरिकी थिंक–ट्यांक स्टिमसन सेन्टरकी जेनी टाउन तर्क गर्छिन् ।

एसियामा अमेरिकी रणनीतिलाई जटिल बनाउन र बहुपक्षीय संस्थाहरूलाई कमजोर बनाउन मद्दत गर्दै पश्चिमसँग रुसको व्यापक टकरावमा उत्तर कोरियाले उपयोगी भूमिका खेल्छ । मार्चमा रुसले उत्तर कोरियामाथि लाग्दै आएका प्रतिबन्ध अनुगमन गर्ने मुख्य अन्तर्राष्ट्रिय निकाय विशेषज्ञहरूको प्यानलको कार्यादेश विस्तार गर्न संयुक्त राष्ट्रसंघको प्रस्तावमाथि भिटो प्रदान गर्‍यो । उत्तर कोरियासँग सहकार्य गरेर रुसले पनि ठूलो हतियार उत्पादक तथा अमेरिकी साझेदार दक्षिण कोरियाबाट युक्रेनलाई प्रत्यक्ष घातक सहायता उपलब्ध गराउनबाट रोक्ने लक्ष्य राखेको छ ।

उत्तर कोरियाका लागि रुस बरदान साबित भएको छ । हनोई शिखर वार्ता असफलपछि किम विशेषगरी विदेश मामिलामा एक्ला थिए र स्वदेशमै कमजोरजस्तो देखिन्थे । वर्षौंको प्रतिबन्ध र कोभिड–१९ महामारीले पनि मद्दत गरेको थिएन । तर, रुससँगको व्यापारले अर्थव्यवस्थालाई स्थिर बनाउन मद्दत गरेको छ भने पुटिनसँगको शिखर सम्मेलनले किमको छविलाई चम्किलो बनाएको छ । पछिल्ला महिनामा दुई देशबीच कृषि, संस्कृति, सुरक्षा र प्रविधिमा काम गर्ने सम्झौता भएको छ । रुसी पर्यटक महामारीपछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो विदेशी बने । भ्लादिभोस्तोकका टुर एजेन्सीले अहिले ‘जोगीको राज्य’मा ग्रीष्मकालीन यात्राहरूको विज्ञापन गर्छन् । उत्तर कोरिया र रुसबीचको सम्बन्धले अमेरिका र उसका साझेदार राष्ट्र संशकित बनेका छन् ।

कोरियाली युद्धको समयमा चीन र सोभियत संघ दुवै उत्तर कोरियाको पछि लागे । कोही आफ्नो संयुक्त समर्थनले फेरि उत्तर कोरियाको आक्रामकतालाई प्रोत्साहित गर्न सक्ने चिन्ता व्यक्त गर्छन् । ती डर अहिलेसम्म ओझेलमा परेका छन् । तर, कम्तीमा दुई सक्रिय ठूला समर्थकको साथ उत्तर कोरियाले अमेरिकासँग छलफल गर्न खासै उत्साहित छैन । यसले दुई शक्तिराष्ट्रलाई एक–आपसमा द्वन्द्वमा लैजान सक्छ । ‘शीतयुद्धको अन्त्यपछि उत्तर कोरियाका लागि यो सबैभन्दा ठूलो रणनीतिक अवसर हो,’ अमेरिकी थिंक–ट्यांक कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका अंकित पाण्डा तर्क गर्छन् ।

जब किम र पुटिन भेट गर्छन्, युद्धास्त्रहरू उनीहरूको दिमागमा आउँछ । किमले भ्लादिभोस्तोकमा पुटिनलाई भेटेपछि उत्तर कोरियाले हतियारले भरिएका करिब ११ हजार कन्टेनर रसिया पठाएको अमेरिकी अधिकारीले आरोप लगाएका छन् । दक्षिण कोरियाका रक्षामन्त्रीको विश्वासअनुसार सामानहरूमा आर्टिलरी सेल (गोला) र ११ वर्गको ह्वाङसोङ ब्यालेस्टिक मिसाइल (यो हतियार युक्रेनभर दर्जनौँको मृत्युसँग जोडिएको छ) पनि सामेल छन् । अधिकांश सामग्री संदिग्ध गुणस्तरका छन्, तर यसले रुसलाई आफ्नो उत्पादन बढाउन मद्दत गरेको छ, एक वरिष्ठ युक्रेनी अधिकारीले भने ।

त्यसको बदलामा रुसले के दियो भन्ने धेरै अड्कलबाजीको विषय हो । गत सेप्टेम्बरदेखि रुसबाट उत्तर कोरियामा कम्तीमा नौ हजार कन्टेनरहरू पठाइएको दक्षिण कोरियाली सरकारले विश्वास गरेको छ । उत्तर कोरियाको इच्छा सूचीमा परमाणु हतियारको डिजाइन, अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रका लागि सवारी साधनका साथै उपग्रह, पनडुब्बी र हाइपरसोनिक हतियारसँग सम्बन्धित प्रविधि समावेश छन् । रुसले पनि उत्तर कोरियाको परम्परागत सेनाजस्तै विमान वा जहाजका स्पेयर पार्ट्स र थप आधुनिक वायु रक्षाका लागि कम आकर्षक तर अझै महŒवपूर्ण सहयोग प्रदान गर्न सक्छ ।

रुसले ब्यालिस्टिक मिसाइल वा आणविक हतियारसँग सम्बन्धित संवेदनशील सैन्य प्रविधि हस्तान्तरण गर्न बाँकी रहेको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । थप तत्काल चिन्ताको एक क्षेत्र अन्तरिक्ष प्रविधि हो । हालै उत्तर कोरियाली उपग्रह प्रक्षेपण प्रयासले रुसको अंगारा प्रणालीमा प्रयोग गरिएको इन्जिनको भिन्नता प्रयोग गरेको हुन सक्ने इन्टरनेसनल पिसका पान्डा तर्क गर्छन् । अहिलेका लागि खानेकुरा र इन्धन व्यापारको ठूलो हिस्सा बनेको छ । पुटिनले किमलाई रुसी निर्मित लक्जरी लिमोसिन पनि दिएका थिए ।

यद्यपि यस्तो प्रस्ट देखिने स्नेहले तिनीहरूको मित्रताको वास्तविक सीमालाई विरोधाभासको रूपमा देखाउँछ । ‘उत्तर कोरियासँगको नयाँ रुसी प्रेम उथलपुथल र कृत्रिम छ’ सियोलको कुकमिन विश्वविद्यालयमा उत्तर कोरियाबारे रुसी विशेषज्ञ आन्द्रेई ल्यान्कोभ तर्क गर्छन् । पुटिनले युक्रेनका लागि दक्षिण कोरियाली समर्थनलाई रोक्न प्रविधि हस्तान्तरणको धम्की दिएका छन् । त्यसको सट्टा दक्षिण कोरियाले युक्रेनलाई ठूलो सहयोग दिएर उत्तरलाई चेतावनी दिएको छ ।

रुस अन्तर्राष्ट्रिय प्रतिबन्धलाई कमजोर पार्न उत्सुक हुन सक्नुको अर्थ यो होइन कि मस्कोले प्योङयाङलाई आफ्नो आणविक हतियार विस्तार गर्न मद्दत गर्नेछ । आफ्नो अति संवेदनशील प्रविधिलाई नत्यागी आफूलाई चाहिने कुरा निकाल्न रुससँग पर्याप्त शक्ति छ । हालसम्म ‘रुससँगको सैन्य सहयोगको दायरा र गहिराइसँग उत्तर कोरिया खुसी छैन’ हालै रुसी र उत्तर कोरियाली सहभागीसँगको वार्तामा भाग लिएका एक पूर्वदक्षिण कोरियाली अधिकारीले भने । रुसको आफ्नै हतियार उत्पादन बढ्दै जाँदा उत्तर कोरियाली गोलामा मस्कोको आवश्यकता कम हुन सक्छ ।

यद्यपि साझेदारी सम्भवतः युक्रेनमा युद्ध जारी रहने समयसम्म रहे पनि योभन्दा बढी टिक्न सक्दैन । यदि परिस्थिति परिवर्तन भयो भने ‘राष्ट्रिय हितको मिलन’ परिवर्तन हुन सक्छ, सियोलको थिंक–ट्यांक सेजोङ इन्स्टिच्युटका ली साङ–ह्युन भन्छन् । अन्तिममा दक्षिण कोरिया अझ आकर्षक आर्थिक साझेदार हो । यो युक्रेन युद्धअघि रुसको पाँचौँ ठूलो निर्यात गन्तव्य थियो । रुस ढोका खुला राख्न इच्छुक देखिन्छ । दक्षिण कोरियाका लागि रुसी राजदूतले हालै दक्षिण कोरिया ‘मित्र राष्ट्रहरूको श्रेणीमा फर्कने गैरमित्र देशमध्ये पहिलो हुने’ आशा गरेको बताएका थिए । रुसी अभिजात वर्गका लागि उत्तर कोरिया ‘डिसफंक्सन’को पर्यायवाची शब्द बनेको छ, जसलाई आर्थिक शक्तिको घर मानिने चीनलाई भन्दा थोरैले सहकार्य गर्न चाहन्छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर