काठमाडौं । हमासको नियन्त्रणमा रहेका थप चार जना बन्धकलाई इजरायली सेनाले जीवितै उद्धार गरेको छ ।
हमासविरुद्ध कारबाही चलाइरहेको इजरायलले आक्रमणकै क्रममा बन्धकलाई रिहा गरेको हो । इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गरेको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् ।
शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई विश्व समुदायले कालो सूचिमा राखेपनि उसले आक्रमण रोकेको छैन । इजरायलले शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
६ हजार प्यालेस्टिनी विस्थापितलाई राख्न राष्ट्रसंघीय निकायले व्यवस्था गरेको विद्यालयमा इजरायलले आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।