नेभिगेसन मेनु

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर, ४ वर्षको जेल सजाय हुन सक्ने
सम्पादक:南亚网络电视
समय:2024-05-31 12:01

1615981335_donald-trump

एजेन्सी–पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् । कुनै पनि पूर्व अमेरिकी राष्ट्रपति आपराधिक मामिलामा दोषी ठहर भएको यो पहिलो घटना हो । 

उनलाई पोर्न स्टार स्टर्मी डेनियल्सलाई चुप राख्नका लागि दिएको पैसाको कारोबार लुकाउन नक्कली खाता विवरण तयार गरेको अभियोग लगाइएको थियो । यो घटना उनी सन् २०१६ मा राष्ट्रपति चुनिनुभन्दा अघिको भएको बताइएको छ। 

दोषी ठहर गरिएका ट्रम्पलाई चार वर्षको जेल सजाय हुन सक्नेछ । सजाय भने ११ जुलाईमा तोकिनेछ । उनको पार्टी रिपब्लिकनको अधिवेशनको अघिल्लो दिन उनलाई सजाय तोकिन लागिएको हो । उक्त अधिवेशनले ट्रम्पलाई राष्ट्रपति उम्मेदवार घोषणा गर्नेछ ।

ट्रम्पले भने फैसला अस्वीकार गरेका छन् । उनले असली फैसला आगामी ५ नोभेम्बर (राष्ट्रपति चुनावको दिन) मा जनताले गर्ने बताएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर