नेभिगेसन मेनु

चीनलाइ एक पछि अर्को सफलता
सम्पादक:南亚网络电视
समय:2024-06-02 13:57

_105045801__105045635_bc74ca73-3f3e-450b-b2e6-ece441ebb713

एस् ए टि भी। चीनले पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा मानवरहित अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । चन्द्रमाको यस क्षेत्रमा  यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले एक विज्ञप्तिमा भनेको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’

चीनले मे ३ मा यस अभियानको थालनी गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो।

यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठुलो क्रेटर छ, जहाँ यो यान अवतरण भएको छ।

यो अभियान अघि धेरै कठिनाइहरू थिए। चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर