नेभिगेसन मेनु

हजका लागि मक्का पुगेका १३ सय तिर्थालुको मृत्यु, व्यवस्थापन कमजोर भएको भन्दै साउदीको आलोचना
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:11

WeChat截图_20240624105547

काठमाडौं । विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये गर्मीका कारण हजार भन्दा बढी तिर्थालुको मृत्यु भएको छ । साउदी सरकारले १ हजार ३ सय १ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

साउदी अधिकारीहरुका अनुसार मृतकमध्ये अधिकांस अनाधिकृत तीर्थयात्रीहरू छन् उनीहरुले चर्को गर्मीमा लामो दूरीसम्म पैदल यात्रा गरेका थिए ।

साउदीमा यस पटक तापक्रम ५० डिग्री सम्म पुगेको थियो ।

ज्यान गुमाउनेमध्ये तीन चौथाई भन्दा बढीसँग त्यहाँ जाने आधिकारिक अनुमति नभएको साउदी सरकारको दाबी छ ।

स्वास्थ्य मन्त्री फहद अल–जलाजेलले गर्मीबाट तिर्थालुलाई जोगाउदै यस्ता घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रममार्फत प्रयास जारी राखिएको बताए ।

मन्त्रालयले झण्डै ५ लाख तिर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै विरामी अस्पतालमा उपचाररत छन् । हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको सर्वत्र आलोचना भएको छ ।

साउदी अरेबियाको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१  दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ ।

मृतकहरु मध्ये ६५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । इन्डोनेसियाले आफ्ना २०० भन्दा बढी नागरिकको ज्यान गुमाएको बताएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ ।

पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष करिब १८ लाख मानिस मक्का मदिना पुगेकोे साउदी अरेबियाले जनाएको छ ।

    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर