नेभिगेसन मेनु

स्वास्थ्यकर्मी बिदेसिने क्रम वृद्धि
सम्पादक:南亚网络电视
समय:2024-06-09 11:44

with-Dr-Tanahun

जेठ २७ गते । पेसागत सुरक्षा नहुँदा नेपालबाट चिकित्सक विदेसिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९) बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको आक्रमण बढ्दा बिदेसिने क्रम बढेको बताइएको हो । 

नेपाल चिकित्सक सङ्घले शनिबार तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले ऐनको प्रचारप्रसारमा जोड दिए । अन्तर्क्रियामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने गरेका विभिन्न आक्रमण र कुटपिट जस्ता गतिविधिले चिकित्सक बिदेसिन बाध्य भएको गुनासो गरेका थिए । राज्यले स्वास्थ्यकर्मीको सुरक्षा गर्न नसक्दा पछिल्लो समय डाक्टरले जोखिम बेहोर्नु परेको वक्ताको भनाइ थियो । चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. अनिलविव्रmम कार्कीले स्वास्थ्य सेवालाई नियमित, भरपर्दो र प्रभावकारी बनाउन चिकित्सकमाथि हुने आव्रmमणका गतिविधि रोक्नुपर्ने बताउनुभयो । राज्यले स्वास्थ्यकर्मीमाथि हुने आव्रmमण रोक्न नसक्दा अधिकांश चिकित्सक बिदेसिन बाध्य हुँदा नेपालमा बिरामीले समयमा उपचार नपाउने अवस्था बन्ने जोखिम बढेको उहाँले बताउनुभयो । कार्कीले चिकित्सकले गलत कार्य गरेको भए कानुनी निकायमार्फत कारबाही हुने हुँदा आन्दोलन गर्ने, कुटपिट गर्न नहुने बताउनुभयो । कार्कीले भन्नुभयो, “कुनै पनि चिकित्सकले उपचारमा लापरबाही गरेर बिरामीलाई असर पु¥याउने काम गरेमा मेडिकल काउन्सिलले कारबाही गर्छ ।” 

नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले साङ्घातिक आक्रमण, तोडफोड तथा हुलहुज्जत, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने गरेका अमानवीय घटनाक्रम निरन्तर रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले यस्ता घटनालाई नियन्त्रण गर्न २०६६ सालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ आएको जानकारी दिनुभयो  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर