नेभिगेसन मेनु

वैचारिक बहसमा जुट्नु पर्छ : मुख्यमन्त्री
सम्पादक:南亚网络电视
समय:2024-05-15 12:25

CM-Adhikari

जेठ २ गते । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गालीगलौज बन्द गरेर वैचारिक बहसमा जुट्नुपर्ने बताउनुभयो । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ विचार गोष्ठीमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

पुष्पलाल जन्म शताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सहआयोजनामा भएको उक्त कार्यक्रममा सबै वामपन्थी शक्तिलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “वैचारिक बहस गरौँ, व्यक्तिगत गालीगलौज बन्द गरौँ, यति गरे पुग्छ अहिले, आआफ्ना विचार छन्, सङ्गठन छन् दृष्टिकोण छन् ।” 

पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री अधिकारीले पुष्पलालले हिँडेको बाटो ठिक हो भन्ने कम्युनिस्टहरू भौँतारिनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ठुलो त्याग तपस्या र समर्पणबाट यहाँसम्म आएका छौँ । यदि पुष्पलालले देखाएको बाटो सही छ र लाग्छ भने निरन्तर रूपमा निष्ठापूर्वक उहाँले देखाएको बाटोमा अविचलित हिँड्नु पर्दछ ।” कम्युनिस्टमा रणनीतिक रूपमा द्विविधा नभए पनि कार्यनीतिक रूपमा द्विविधा भएको भन्दै उहाँले अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा पुगिन्छ भनी विश्लेषण गर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्टले इतिहासको भजन कीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो ।” कार्यक्रममा वाम बुद्धिजीवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र रामबहादुर भण्डारीले ‘कम्युनिस्ट आन्दोलनलगायतमा पुष्पलालको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्वबन्धु भण्डारीले  टिप्पणी गर्नुभएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर