नेभिगेसन मेनु

अश्लील भिडियो बनाएर बेइज्जत गर्ने युवक पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-05-13 11:51

sdfhnsdfgh

बैशाख ३१ गते । गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका – २ बस्ने वर्ष २५ का मन ध्वज घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नाम परिवर्तित ध कुमारीको नाममा फेक फेसबुक एकाउन्ट खोली सामाजिक सञ्जालमा अश्लील र अपाच्य भिडियो र तस्बिरहरू राखी बेइज्जत गरेको आरोपमा पीडित युवतिको जाहेरी दरखास्तको आधारमा पिडक घललेलाई गत शुक्रवार पक्राउ गरिएको हो । 

पक्राउ परे लगत्तै पिडक मन ध्वज घले विरुद्ध आज आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर