नेभिगेसन मेनु

चौतारी संरक्षणमा चौरासीका पराजुली
सम्पादक:南亚网络电视
समय:2024-06-03 11:43

chautari-banaudai

जेठ २१ गते । स्याङ्जाको वालिङ नगरपालिका–९ का ज्योतिलाल पराजुलीले गएको वैशाखमा चौरासीको पूजा गर्नुभयो । चौरासी पूजामा उहाँको एक मात्र सङ्कल्प थियो, गाउँमा रहेको चौतारीलाई व्यवस्थित गर्ने । त्यही सङ्कल्प पूरा गर्दै हुनुहुन्छ उहाँ ।

आफू सानो छँदा साथीसँगै खेलेको चौतारी पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेकामा उहाँको मनमा चिन्ता परेको थियो । गाउँ गाउँमा खनिएका सडकका कारण कतिपय चौतारी मासिए भने कतिपय अस्तव्यस्त अवस्थामा पुगे । गाउँको चौतारी अस्तव्यस्त अवस्थामा रहेपछि पुराना दिन फर्काउने पराजुलीमा इच्छा जाग्यो । उहाँले चौरासी पूजाकै दिन आफ्ना छोराछोरीलाई तत्कालै गाउँको चौतारीलाई व्यवस्थित बनाउन भन्नुभयो । उहाँका छोरा प्रेम पराजुली भन्नुहुन्छ, “बुवाले गाउँको इतिहास बोकेको चौतारी पुननिर्माण गर्ने इच्छा देखाएपछि हामीले पनि सहयोग गरेका हौँ ।”

परिवारका सदस्यले ढुङ्गा बोक्ने, सिमेन्टको मसला तयार पार्ने काम गरिदिए भने ८४ वर्षीय ज्योतिलालले आफैँ चौतारी चिह्न (गारो लगाउन) थाल्नुभयो । “कुनै समयमा गाउँमा रहेका चौतारीमा भेला, बैठक हुने गर्दथ्यो । यो बिरौटाको चौतारीमा पर्वतको दक्षिणी भेगमा जाने बटुवा भारी बिसाउने र राति बास बस्ने गर्दथे,” ज्योतिलाल सम्झनुहुन्छ । 

गाउँ गाउँमा रहेका चौतारीहरू पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेका छन् कतिपय चौतारी ग्रामीण सडकले खाइसकेको छ । बरपिपल र शमीको रुखलाई आधार बनाएर चौतारीमा बस्दा छुट्टै आनन्द आउने ज्योतिलाल बताउनुहुन्छ । गाउँ गाउँमा रहेको ऐतिहासिक चौतारीको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर