नेभिगेसन मेनु

गोदाममा मल छ, किसानलाई छैन
सम्पादक:南亚网络电视
समय:2024-06-05 12:09

mal2024-06-05-08-28-46

बर्खे धान रोपाइँदेखि गोडमेलसम्मका लागि चाहिने अढाई लाख मेट्रिकटन रासायनिक मलको आपूर्ति र वितरण सुनिश्चित गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दाबी गरेको छ । सबैभन्दा धेरै रासायनिक मल खपत हुने जेठदेखि असोजसम्मको सिजनमा आपूर्ति गर्नका लागि गोदाममा करिब एक लाख टन मौज्दात रहेको र ग्लोबल टेन्डरका माध्यमबाट थप एक लाख ४१ हजार टन मल आयात भइरहेको मन्त्रालयले जनाएको छ । ‘रोपाइँदेखि गोडमेलसम्मको सिजनलाई अढाई लाख टन मल भए पर्याप्त हुन्छ,’ मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले भनिन्, ‘माग परिमाणअनुसारको मल वितरण गर्न सक्षम हुने देखिएको छ ।’

सोमबारसम्मको तथ्यांकअनुसार रासायनिक मल आपूर्ति गर्ने दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग देशभरका गोदाममा ९८ हजार तीन सय २९ टन मल मौज्दात छ । यसमध्ये युरिया ७१ हजार एक सय ३७ टन, डिएपी १६ हजार दुई सय १५ टन र पोटास ११ हजार दुई सय ७७ टन रहेको मन्त्रालयले जनाएको छ । मौज्दातमध्ये कृषि सामग्रीको गोदाममा ६६ हजार पाँच सय ६९ टन र साल्ट ट्रेडिङको गोदाममा ३२ हजार ६० टन मौज्दात छ । 

मौज्दातबाहेक तत्कालै आपूर्ति सुनिश्चित गरिएको एक लाख ४१ हजार टनमध्ये भारतको बिसाखापट्टनम बन्दरगाहमा ५१ हजार टन डिएपी झरिसकेको र नेपालतर्फ भित्रिन सुरु भएको मन्त्रालयले जनाएको छ । रेलका र्‍याकमा २५ टनका दरले मल नेपाल भित्रिने गरेको छ । यो परिमाणको मल असार अन्तिमसम्म नेपाल आइसक्नेछ ।

त्यस्तै, ग्लोबल टेन्डरबाट आपूर्ति सुनिश्चित गरिएको १० हजार टन डिएपी कोलकाता बन्दरगाहमा झरिसकेको र नियमित रूपमा आयात भइरहेको मन्त्रालयले जनाएको छ । थप २५ हजार टन डिएपी भारतसँगको सरकारी स्तरमा भएको ‘जिटुजी’ सम्झौताअनुसार आयात सुनिश्चित भएको छ । यो परिमाणको मल ७ जेठबाट भारतदेखि चलान सुरु भएको र जेठ दोस्रो सातादेखि नेपालले प्राप्ति गरिरहेको छ ।

थप २५ हजार टन डिएपी चीनबाट जहाजमा लोड भएर निस्किसकेको छ । चीनमा सिपमेन्ट भएको करिब २५ दिनमा कोलकाता बन्दरगाहमा मल आइपुग्ने गरेको छ । अबको दुई सातामा यो मल कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ । त्यसैगरी, २७ जेठमा कोलकाता आइपुग्ने गरी ३० हजार टन युरिया पनि स्रोत मुलुकबाट चलान भइसकेको छ । असार पहिलो साता उक्त युरिया बोरामा प्याक भई नेपालतर्फ ढुवानी सुरु हुनेछ ।

चीनमा सिपमेन्ट भएदेखी कोलकाता र बिसाखापट्टनम बन्दरगाहबाट नेपालतर्फ ढुवानी भइरहेको मल असार अन्तिमसम्म भित्रिसक्ने कृषि मन्त्रालयको दाबी छ । हालसम्म आपूर्ति सुनिश्चित भएको परिमाणमध्ये एक लाख एक हजार एक सय ३७ टन युरिया र एक लाख २७ हजार दुई सय १५ टन डिएपी रहेको छ ।

नवराज बस्नेत

निवर्तमान अध्यक्ष, नेपाल किसान समूह महासंघ

मल अभावको गुनासो आइरहेको छ । सरकारले मल छ भन्छ, तर किसानको हातमा पुग्दैन, मलमा पनि बिचौलियाहरू हाबी हुँदा हरेक वर्ष मलको हाहाकार व्यहोर्न बाध्य भएका छन् । सरकारले गोदाममा मल थन्क्याएर राख्ने होइन । किसानले मागेका वेला आपूर्ति गरेर खेती गर्न सहज वातावरण बनाउनुपर्छ ।

सबनम सिवाकोटी

प्रवक्ता, कृषि तथा पशुपक्षी विकास मन्त्रालय

गोदाममा मल पर्याप्त छ । त्यस्तै, ग्लोबल टेन्डर गरेर आपूर्ति सुनिश्चित गरिएको मल पनि धमाधम आइरहेको छ । जेठदेखि असोजसम्मको सिजनका लागि मागअनुसार मल आपूर्ति गर्न सक्ने अवस्थामा सरकारी संयन्त्र परिचालन भएको छ । अहिले गोदाममा भएको मल स्थानीय तहसँगको समन्वयमा वितरण हुन्छ । 

बाटोमा आउँदै गरेको एक लाख ४१ हजार टनको विवरण

५१ हजार टन डिएपी भारतको आन्ध्र प्रदेशस्थित बिसाखापटनमबाट नेपाल भित्रिन सुरु १० हजार टन डिएपी कोलकाताबाट नेपाल आउन सुरु, एकपटकमा २५ टन आउँदै   २५ हजार टन डिएपी (भारतसँगको जिटुजीबाट) ७ जेठबाट नेपालतर्फ चलान  २५ हजार टन डिएपी चीनबाट सिपमेन्ट, असारको पहिलो हप्ताबाट नेपाल भित्रिने ३० हजार टन युरिया २७ जेठमा कोलकाता आउने, असार पहिलो साताबाट नेपालतर्फ ढुवानी ५१ हजार टन डिएपी भारतको आन्ध्र प्रदेशस्थित बिसाखापटनमबाट नेपाल भित्रिन सुरु १० हजार टन डिएपी कोलकाताबाट नेपाल आउन सुरु, एकपटकमा २५ टन आउँदै   २५ हजार टन डिएपी (भारतसँगको जिटुजीबाट) ७ जेठबाट नेपालतर्फ चलान  २५ हजार टन डिएपी चीनबाट सिपमेन्ट, असारको पहिलो हप्ताबाट नेपाल भित्रिने ३० हजार टन युरिया २७ जेठमा कोलकाता आउने, असार पहिलो साताबाट नेपालतर्फ ढुवानी

मल नपाएको किसानको गुनासो

धान रोपाइँको समय सुरु हुनै लाग्दा किसानले मागेजति मल नपाएको गुनासो गरेका छन् । जेठमा बिउ राख्न र असारमा धान रोप्न किसानलाई चटारो हुन्छ । नेपाल कृषक समूह महासंघका निवर्तमान अध्यक्ष नवराज बस्नेतले किसानले मल नपाएको भन्दै गुनासो गरिरहेको बताए । किसानबाट गुनासो आइरहेको छ, सरकार पर्याप्त मल छ भन्छ । तर, वितरणमा संघीय निकाय र स्थानीय तहबीच समन्वय नहुँदा समस्या देखिएको हो,’ उनले भने ।

कृषि मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटीले सरकारसँग पर्याप्त मौज्दात रहेको र मागअनुसार आपूर्तिका लागि थप मल आयात पनि भइरहेको, तर स्थानीय तहसँग समन्वय गरेर वितरण गर्न समस्या हुँदा किसान तहमा मल अभाव भएको गुनासो आएको बताइन् । 

रूपा विक, कांग्रेस सांसद

खेती सुरु हुने समय भइसक्दा पनि किसानको हातमा मल छैन, बिउ छैन र सिँचाइको सुनिश्चितता छैन । सिँचाइको व्यवस्था नभएकाले भाँडामा बिउ भिजाएर बसेका छन् ।

उनले भनिन्, ‘मागअनुसार मल आपूर्ति गर्न कुनै समस्या त छैन, तर स्थानीयस्तरमा रहेका सहकारीबीच समन्वय नहुने र अनुगमन नहुँदा किसान तहमा मल पुगेको छैन भन्ने लाग्छ, हामीले यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौँ, असारबाट रोपाइँ सुरु हुने हुँदा त्यतिवेलासम्म समस्या समाधान गरेर किसानले मागेजति मल दिने वातावरण सिर्जना गर्छौँ ।’

संसद्मा समेत मल अभावको विषय उठेको छ । मंगलबार संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद रूपा विकले खेती सुरु भइसक्ने समय हुँदा पनि किसानले मल नपाएको जानकारी गराएकी थिइन् । ‘खेती सुरु हुने समय भइसक्दा पनि किसानको हातमा मल छैन, बिउ छैन र सिँचाइको सुनिश्चितता छैन । सिँचाइको व्यवस्था नभएकाले भाँडामा बिउ भिजाएर बसेका छन्,’ उनले भनिन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर