नेभिगेसन मेनु

खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु
सम्पादक:南亚网络电视
समय:2024-05-20 11:48

Marathan-Taplejung

जेठ ७ गते । ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।

महोत्सवको अन्तिम दिन सोमबार खुला म्याराथन तथा महिला हाफ म्याराथन बिहान करिव ७ः३० बजे सुरु भएको हो । म्याराथन खुलातर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने दूरी निर्धारण गरिएको छ । खुला म्याराथनका लागि करिव ४७ किलोमिटर दूरी रहेको बताइएको छ ।

यस्तै, महिला हाफ म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने छ । महिला हाफ म्याराथनका लागि दूरी करिब ३६ किलोमिटर हुने आयोजकले जनाएको छ । यता खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी भएको म्याराथन उपसमिति संयोजक विनोद भारतीले जानकारी दिनुभयो ।

खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रूपियाँ, उपविजेताले एकलाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफ तर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । सोमबार बिहानैदेखि पानी परेका कारण मौसम भने केही प्रतिकुल भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर