नेभिगेसन मेनु

नारायणगढ बुटवल सडक विस्तार
सम्पादक:南亚网络电视
समय:2024-05-07 12:54

pitch

वैशाख २५ गते । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ। नारायणगढ–बुटवलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर वि सं २०७५ चैत ८ देखि निर्माण सुरु भएको थियो । 

जस अन्तर्गत पूर्वी खण्ड गैँडाकोट–दाउन्ने (६५ किमी) सडक पाँच वर्षमा ५०.६२ प्रतिशत  काम सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ५०.६२ प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ ।” दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको उहाँको भनाइ छ।

यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । सडकका सानो २२ वटा (माइनर ब्रिज)मा सबै काम सकिएको खनालको भनाइ छ । निर्माणकै क्रममा पूर्वी खण्डका ठुलो (मेजर ब्रिज) १२ ठुला पुलहरू मध्य ८ वटा ठुला पुल निर्माण अन्तिम चरणमा छ । यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आशातीत प्रगति हुन नसकेको स्वीकार गर्दै अहिले कावासोती, मध्यविन्दु र गैँडाकोट नगरपालिकाको विभिन्न स्थानमा कालोपत्रे गर्ने काम गरिरहेको बताउनुभयो । अहिले कावासोती बजारमा दुवैतर्फ कालोपत्रे गर्न सुरु गरिएको र गैँडाकोटको थुम्सी र मध्यविन्दुको जङ्गल क्षेत्रमा एकतर्फी कालोपत्रे गर्ने काम चलिरहेको झाले बताउनुभयो ।

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो ।

बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।

अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले स्रोत साधन बढाएर वर्षायाम अगावै यथासम्भव धेरै भन्दा धेरै एकतर्फी सडक कालोपत्रे गर्न निर्देशन दिइएको समेत आयोजनाले उल्लेख गरेको छ । यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजनाले स्वीकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यस सडक आयोजनामा गैँडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिम खण्डका रूपमा विभाजन गरी काम भइरहेको छ ।

यस खण्डमा घुम्ती र उकालो सडक भएकाले दाउन्ने खण्ड सबैभन्दा जोखिमपूर्ण मानिन्छ । त्यसमाथि हिलो र धुलोमा गाडी फस्दा यात्रुले ठुलो सास्ती भोग्दै आएका छन् । २०७५ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको पूर्वी खण्डको समग्र प्रगति प्रतिशत अप्रिलसम्म ५०.६२ किलोमिटर भएको छ । यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । २१ वटा साना पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । ८ वटा ठुला पुल निर्माण अन्तिम चरणमा छ।

यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । अप्रिल २०२४ मा मात्र ७.२८ किलोमिटर एकतर्फी कालोपत्रे गरिएको छ । यस सडकमा धुलो उड्ने समस्या न्यूनीकरण गर्न कुल १९ वटा ट्याङ्कर परिचालन गरी पानी हाल्ने काम समेत भइरहेको आयोजनाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर