नेभिगेसन मेनु

पन्चैबाजा र पुरोहित खोज्न सास्ती
सम्पादक:南亚网络电视
समय:2024-04-18 11:38

139dd814-f7d2-456a-91e5-0b1f8b0d3f38

वैशाख ६ गते । बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जुर्‍यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो । 

यस वर्ष वैशाख १६ देखि असारको २१ गतेसम्म शुक्र अन्ध भएकाले पनि शुभकार्य अगाडि ल्याइएका हुन् । ज्योतिषशास्त्रका अनुसार नवरात्रिको दसमी तिथि अश्लेषा नक्षत्र र योगमा अमृत हुने भएकाले पनि वैशाख ६ गतेलाई शुभकार्यको उत्तम साइत मानिएको छ । ज्योतिष पण्डित गोविन्द गौतमले कृष्ण पक्षभन्दा शुक्ल पक्षमा माङ्गलिक कार्यलाई उत्तम मानिँदै आएको बताउनुभयो । 

पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाका अनुसार पोखरामा गुरुकुल शिक्षा र वेद विद्याश्रम पढाउने आठ वटा शैक्षिक संस्था भइसकेका छन्, जसबाट वार्षिक दुई सयभन्दा बढी पुरोहित तयार हुन्छन् तर पनि पुरोहित पाउन कठिनै छ । उहाँले पोखरामा एक हजारभन्दा बढी संस्कृत शिक्षा लिएका पुरोहित भए पनि अहिले अभाव खड्किएको बताउनुभयो । पोखराबाट छिमेकी जिल्लामा पनि पुरोहित जाने हुँदा यहाँ अभाव भएको उहाँले बताउनुभयो । गुरुकुल शिक्षाको महत्व रहे पनि यसको संरक्षण र प्रवर्धनमा राज्यको आवश्यक लगानी हुन नसक्दा संस्कृत शिक्षा मात्र नभई, नैतिक शिक्षामा सङ्कट आएको तिमिल्सिनाको भनाइ छ ।

पोखरामा यो वैशाख ६ गतेका लागि मात्र विवाह, व्रतबन्धका कार्य छ सयभन्दा बढी भएको अनुमान गरिएको छ । यसकारण पुरोहित मात्र नभई पन्चैबाजा, पार्टी प्यालेस, फोटोग्राफर, टेन्टहाउस, सजावटका सामानमा फूलमालाको समेत बजारमा अभाव देखिएको छ । वैवाहिकलगायत अन्य कार्यक्रम घरमा गर्न साँघुरो हुने हुँदा पार्टी प्यालेस र होटलमा जानुपर्ने बाध्यता छ । 

पोखरामा झन्डै सय हाराहारीमा रहेका पार्टी प्यालेसलगायत अन्य ठाउँमा गरी चार सयभन्दा बढी विवाहका मात्र कार्यक्रम छन् । कुनै पनि पार्टी प्यालेस खाली छैनन् । त्यसै गरी पर्यटकीय स्तरका होटलदेखि समाज घरसमेत विवाहका कार्यक्रमले भरिएका छन् । नागरिक जसोतसो लगन छोप्न मात्र पाए हुन्छ भन्ने सोचमा रहेको पोखरा सिटी पार्टी प्यालेसका सञ्चालक एवं नेपाल राष्ट्रिय क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी महासङ्घका सल्लाहकार केपी शर्माले बताउनुभयो । 

वैशाख ६ गतेका लागि एउटै पार्टी प्यालेसमा तीन/चार वटासम्म विवाहका कार्यक्रम राख्नुपर्ने बाध्यता छ । जनशक्ति अभावले स्तरीय सेवा दिन निकै कठिन भएको उहाँको भनाइ छ । उहाँले ४५ प्रतिशत दक्ष जनशक्ति र ५५ प्रतिशत अदक्ष जनशक्ति लिएर काम गर्नु परेको गुनासो गर्नुभयो । 

त्यसै गरी साजसजावटका लागि फूलमाला, सिँगारपटारमा बढी खर्च हुने गरेको फूल व्यवसायी राजेन्द्र रानाभाटले बताउँदै ती सबै भारतबाट आयात हुने गरेको र जनशक्ति पनि उतैको हुँदा ठुलो रकम भारततर्फ जाने गरेको बताउनुभयो । अस्टे«लियाबाट विवाहका लागि आउनुभएका बेहुला अमित रिजालले बिहीबार लगन भएन भने विवाह गर्न नमिल्ने भन्दै सोही तिथि रोजेको सुनाउनुभयो ।   

उहाँले पुरेत मात्र नभई, बाजा नपाएर बाजा बजाएर बिहे गर्ने आफ्नो धोको अधुरो रहेको गुनासो पोख्नुभयो । अर्का बेहुला मार्सल शर्माले ३० हजार रुपियाँमा पाउने बाजालाई ९० हजारसम्म तिर्नु परेको बताउनुभयो । 

पुरेतलगायत अन्य कुराको अभाव एक ठाउँमा छँदै छ, अर्कोतर्फ उपलब्ध भएका सामानको मूल्य र गुणस्तर हेर्दा सर्वसाधारणको ढाडै सेकिने चितवनबाट वैवाहिक कार्यक्रममा सरिक हुन आउनुभएकी सिर्जना ढुङ्गानाले बताउनुभयो । सानोतिनो कमाइले विवाहजस्ता कार्यक्रम गर्न मुस्किल हुने उहाँको गुनासो छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर