नेभिगेसन मेनु

छ वटा सडकको स्रोत सुनिश्चित
सम्पादक:南亚网络电视
समय:2024-04-15 11:51

1122

वैशाख ३ गते । पूर्वाधार विकास कार्यालय स्याङ्जाले छ वटा सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेका योजना (सडक) लाई अर्थ मन्त्रालयले बहुवर्षीय बजेट पक्का गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । 

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा बायटारी–सेतीबेनी सडक, पुतलीखेत–सतौ–दरौँ सडक, मण्डलथान–किनारे–दामाचौर सडकको काम अगाडि बढाएको बताउनुभयो । 

पूर्वाधारले अर्जुनचौपारी–रापाकोट–सर्वोदय सडक, डिमुवा–कर्माचौर–गल्याङ सडक, पिपलडाँडा–बोधिभन्ज्याङ सडकको समेत टेन्डर खोल्ने प्रक्रिया अगाडि बढाएको छ । चार वटा प्रदेश सरकार अन्तर्गत रहे पनि छ वटा सडकको स्रोत सुनिश्चित गरी काम अगाडि बढेको हो ।  

प्रदेश सरकारले छ वटै सडकलाई पाँच/पाँच करोड स्रोत सुनिश्चित गरेको अधिकारीले बताउनुभयो । टेन्डर खोलेर सम्झौतापश्चात् प्रकृति हेरेर एक वर्षदेखि दुई वर्ष अवधि दिएर काम हुने अधिकारीले बताउनुभयो । केही ठाउँमा सडक कटान, जाली, नालालगायतको स्तरोन्नति हुने छ भने धेरै सडक कालोपत्रे गरिने छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर