नेभिगेसन मेनु

नेपालीको औसत आयु ७१.३ वर्ष
सम्पादक:南亚网络电视
समय:2024-05-06 15:10

agg2024-05-06-07-50-36

नेपालीको औसत बाँच्ने अवधि (आयु) बढेर ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना, २०७८’ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक सार्वजनिक गर्दै नेपालीको आयु बढेको जानकारी दिएको हो । 

०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो ।

नेपालीको जीवनशैली, खानपान, स्वास्थ्यमा पहुँचलगायतका कारण औसत आयु बढ्ने क्रमले निरन्तरता पाएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताए । यद्यपि, विगतमा जसरी औसत आयु वृद्धि हुन नसकेको उनको भनाइ छ । ‘कोभिडका कारण औसत आयुमा अपेक्षित वृद्धि हुन नसकेको देखिन्छ । नत्र प्रत्येक दशकमा हाम्रो औसत आयु बढ्दै गइरहेको छ,’ उनले भने ।

औसत आयुले देशको समग्र आर्थिक, सामाजिक, जीवनको गुणस्तरलाई सूचकका रूपमा प्रस्तुत गर्ने उनले बताए । औसत आयु बढ्दै जाँदा मानव जीवनस्तरमा समेत वृद्धि भएको रूपमा बुझ्न सकिने उनको भनाइ छ । कार्यालयका अनुसार ०३८ सम्म नेपालीको औसत आयु ४९.८ वर्ष थियो । ०४८ मा बढेर ५४.३ प्रतिशत पुगेको थियो । त्यसपछि ०५८ मा ६०.४ वर्ष र ०६८ मा ६६.६ वर्ष पुगेको थियो । 

महिलाको औसत आयु ७३.८ वर्ष

पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको तथ्यांक सार्वजनिक भएको छ । महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ भने पुरुषको ६८.२ वर्ष कायम रहेको हो । ०३८ मा महिलाको औसत आयु ४८.१ वर्ष, ०४८ मा ५३.५ वर्ष, ०५८ मा ६१.६ वर्ष र ०६८ मा ६८ वर्ष थियो । त्यस्तै, ०३८ मा पुरुषको औसत आयु ५०.९ वर्ष, ०४८ मा ५५ वर्ष, ०५८ मा ६१.१ वर्ष, ०६८ मा ६५.४ वर्ष पुगेको थियो । 

प्रजनन दरमा ह्रास आउँदै, मृत्युदर घट्दो क्रममा

पाँच दशकको अन्तरमा नेपालीहरूको प्रजनन दरमा ह्रास आएको छ । कार्यालयका अनुसार ०७८ मा कुल प्रजनन दर १.९४ प्रतिशत थियो । ०६८ मा प्रजनन दर २.५२, ०५८ मा ३.२५ प्रतिशत, ०४८ मा ५.३९ प्रतिशत, ०३८ मा ६.२७ प्रतिशत र ०२८ मा ६.३ प्रतिशत थियो । 

कार्यालयले मृत्युदरमा पनि निरन्तर घट्ने प्रवृत्ति देखिएको जनाएको छ । ०३८ मा १३.५ प्रतिशतसम्म रहेको कोरा मृत्युदर घटेर ०७८ मा ६.८ प्रतिशत पुगेको छ । ०४८ देखि ०६८ सम्म तीव्र रूपमा घट्दै गइरहेको मृत्युदरको रफ्तारमा भने कमी देखिएको छ । ०४८ देखि ०६८ को बीचमा मृत्युदर १३.३ प्रतिशतबाट झरेर ७.३ प्रतिशतसम्म पुगेको थियो । तर, त्यसपछिको एक दशकमा ६.८ प्रतिशतमा मात्रै सीमित भएको छ । यसमा पनि कोभिडको प्रभाव देखिएको हुन सक्ने तथ्यांकशास्त्रीहरूको अनुमान छ ।

त्यस्तै, शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ मा कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै (शिशु उमेरमा) मृत्यु हुने शिशुको संख्या हो । दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ । 

कर्णालीवासीको औसत आयु उच्च

तथ्यांकअनुसार कर्णालीवासीको औसत आयु उच्च देखिएको छ । कर्णालीमा बसोवास गर्ने नेपालीको औसत आयु ७२.५ वर्ष छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशको ६९.५ वर्ष देखिएको छ । बागमती प्रदेशका नागरिकको औसत आयु ७२.५ वर्ष, गण्डकीको ७२.१ वर्ष, मधेश प्रदेशको ७१.८ वर्ष र सुदूरपश्चिम प्रदेशको औसत आयु ७१.३ वर्ष पुगेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर