नेभिगेसन मेनु

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन सफलतापूर्वक सम्पन्न
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-04-06 15:48

434982595_122112399308255828_6479969040712865406_n

अन्तराष्ट्रिय शान्ति म्याराथनमा दाैड सुरू गर्दै धावकहरू । तस्बिर: एस ए टी भी

चैत्र २४ गते, लुम्बिनी। लुम्बिनीमा शुक्रबार देखि जारी अन्तराष्ट्रिय शान्ति पर्व अन्तरगत आज अन्तराष्ट्रिय शान्ति म्याराथन सफलतापूर्वक सम्पन्न गरिएको छ। नेपालस्थित चिनियाँ दूतावासले आयोजना गरेको शान्ति म्याराथोनमा नेपाल, चीन, भारत, पाकिस्तान लगायत अन्य छिमेकी राष्ट्रका सयौं धवकहरुको सहभागिता रहेको थियो।

उत्साहापूर्ण वातावरणमा सम्पन्न भएको म्याराथनमा कडा प्रतिस्पर्धापछि पुरुष तर्फ तीर्थ पुनलेपहिलो उपाधि जित्नु भएको छ भने खड्क बहादुर खड्का दोश्रो र दुर्गा बहादुर बुद्ध तेस्रो हुनुभएको छ। महिला हाल्फ म्याराथन तर्फ सन्तोषी श्रेष्ठले प्रथम हुनुभयो। पूर्ण लक्ष्मी न्यौपाने र पुष्पा भण्डारीले क्रमश दोस्रो र तेस्रो स्थान हात पार्न सफल हुनुभएको छ।

DJI_0414

पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद पाँच लाख प्राप्त गर्नुभयो । सोही दूरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गर्नुभयो । उहाँले नगद तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँले दुई लाख प्राप्त गर्नुभयो । 

प्रतियोगितामा अनीश थापा चौथो (एक लाख हजार), किरण बोगटी पाँचौँ (८० हजार), सुशीलकुमार शाही छैटौँ (६० हजार), होमलाल श्रेष्ठ सातौँ (४० हजार), जुनेश खड्का आठौँ (२० हजार), राजन चौधरी नवौँ (१० हजार) र प्रकाश गैरेले दशौँ स्थान (पाँच हजार) हासिल गर्नुभयो । अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको छ । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । 

त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपिएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गर्नुभयो । विजेता श्रेष्ठले दुई लाख, न्यौपानेले एक लाख ६० हजार तथा भण्डारीले एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल हुनुभयो । 

IMG_3602

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्त्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवम् लुम्बिनीको प्रवर्द्धन हुने उहाँको भनाइ छ । “यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरिमासँगै प्रचार पनि भएको छ”, श्रेष्ठले भन्नुभयो ।

425733867_10228059849495041_1387823330048104087_n

“सर्वप्रथम म नेपाल ओलम्पिक कमिटी र नेपालस्थित चिनीया दूतावासले संयुक्त रुपमा अन्तराष्ट्रिय स्तरको म्याराथन आयोजना गरी खेलाडीहरुमा उत्साहा भरिदिनु भएकोमा धन्यवाद भन्न चाहान्छु। थप यस्तै विभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुवै देशको खेलाडी बीच खेकमैत्री वातावारण सृजना गरिरहन नेपालस्थित चिनियाँ दूतावासलाई आग्रह गर्दै आभार व्यक्त गर्न चाहान्छु” प्रथम हुन सफल सन्तोषी श्रेष्ठले एस् ए टि भिलाई बताउनु भयो ।

लुम्बिनी स्क्वायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुङ्गिएको थियो । लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुङ्गिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो । ४२ दशमलव एक सय ९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो ।

Image_20240406153733

त्यस्तै महोत्सवको दोस्रो दिन धनुषवाण,कुस्तीलगायत खेलको पनि प्रदर्शनी गरिएको छ। शनिवार साँझ लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट राखिएको छ । कन्सर्टमा गायिका आनी छोइङ डोल्मा,चिनियाँ गायिका उलान तुयालगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

IMG_3644

नेपाल पर्यटन बोर्ड,काठमाडौंस्थित चिनियाँ दूतावास,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रूपमा आयोजना गरेको यस म्याराथोनमा ग्रीनफोर्ड लजिस्टिकको मुख्य प्रायोजन गरेको थियो। त्यस्तै चीनको हेबेई प्रान्तका चिकित्सा विशेषज्ञहरू सम्मिलित चिनियाँ चिकित्सा टोलीको १५औँ ब्याचले प्रतियोगितालाई मेडिकल साहयता प्रधान गरेको थियो।

DJI_0432

भगवान गौतम बुद्धको जन्मस्थान, पावन लुम्बिनीमा कुनै पनि उमेर समूह , जात जाति, परम्परा, संस्कृतिको विभेद नराखी शान्तिपूर्ण आयोजित म्याराथनले खेलकुदमार्फत छिमेकी राष्ट्रहरू बीच विकास मैत्री वातावरणको सृजना गर्नेछ। महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्नुका साथै नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने आयोजकहरुले विश्वास लिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर