नेभिगेसन मेनु

दिनानु दिन बढ्दै गएको आपसी सहकार्यका कारण चिनियाँ भाषाको अध्ययन संभावित र प्रतिस्पर्धात्मक लगानी: छन् सोङ
सम्पादक:南亚网络电视
समय:2024-04-19 19:54

IMG_4923

एलआरआईद्वारा आयोजित १५औँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवसमा मन्तव्य पेश गर्नु हुदै महामहिम सोङ । तस्बिर - रिया श्रेष्ठ / एस् ए टि भी

एस् ए टि भी, वैशाख ७ गते । नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले दिनानु दिन बढ्दै गएको आपसी सहकार्यले चिनियाँ भाषा सिक्ने, संभावित र प्रतिस्पर्धात्मक लगानी भएको बताउनु भएको छ। एलआरआई स्कूलले १५औँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै राजदुतले चिनियाँ भाषाको अध्ययन उत्कृष्ट लगानी हुने बताउनु भएको हो।

बेल्ट एण्ड रोडको उच्च गुणस्तरको संयुक्त निर्माणको निरन्तर प्रगति सँगै अर्थतन्त्र, व्यापार र पूर्वाधार निर्माणका क्षेत्रमा चीन र नेपाल बीचको सहकार्य बलियो हुँदै गएकाले चिनियाँ भाषा  सिक्न आवश्यक रहेको उहाँले खुलाउनु भयो ।

चिनियाँ भाषा संयुक्त राष्ट्रसंघको छैठौं आधिकारिक भाषा भएकोमा केन्द्रित रहेको बताउँदै ‘गरेर सिक्नु भनेको सही अभ्यास हो’ र भाषा अभ्यासले नेपाली बजारमा रोजगारीका अवसरहरू बढाउँदै गएको, नेपाल भाषा आयोगका प्रमुख डा गोपाल ठाकुरले बताउनु भयो।

भाषा आदानप्रदानले सांस्कृतिक आदानप्रदानको पनि पुल निर्माणगर्ने हुनाले आपसी भाषा अध्ययनले सिपमुलक जनशक्तिको निर्माण गर्नेछ।

चिनियाँ भाषाको अन्तर्राष्ट्रियकरणमा जोड दिँदै तीस वर्षअघिको तुलनामा उल्लेखनीय प्रगति भएको र चिनियाँ भाषाले हाम्रो बजार खोल्ने र नेपाललाई चिनियाँ डायस्पोरा र अर्थशास्त्रसँग जोड्ने सम्भावना बोकेको, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियसका निर्देशक बाल मुकुन्द रेग्मीले बताउनु भयो। । यसले हामीलाई चिनियाँ भाषालाई दोस्रो वा तेस्रो भाषाको रूपमा प्रयोग गर्ने सबैसँग जोड्दछ।

कार्यक्रममा चिनियाँ विश्वविद्यालयका चार निर्देशकहरूले उत्प्रेरक भिडियो भाषण दिँदै १५औँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवसको अवसरमा विद्यार्थी र उपस्थित सबैलाई बधाई ज्ञापन गर्नु भएको थियो।

एलआरआईका विद्यार्थीहरूको समूहद्वारा सङ्गीतको प्रस्तुति, चिनियाँ भाषामा चलचित्रको एक अंश डबिङ गरी मनोरञ्जन गरिएको थियो। विद्यार्थीहरूले चिनियाँ र नेपाली संस्कृतिको मिश्रणलाई देखाउन केही नेपाली सांस्कृतिक प्रस्तुति दिएका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर