नेभिगेसन मेनु

महुवा सङ्कलन सिजन सुरु
सम्पादक:南亚网络电视
समय:2024-04-16 11:34

mahuwa

वैशाख ४ गते । कैलालीसहित तराईका वनमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको सिजन सुरु भएको छ । महुवाको फूल झर्न थालेपछि ग्रामीण क्षेत्रमा यसको सङ्कलन थालिएको हो । गाउँघरमा स्थानीय थारू समुदायले महुवाबाट सुगन्धित मदिरा बनाउने गरेका छन् । महुवा झर्न थालेकाले ग्रामीणवासीले सङ्कलनको काम सुरु गरेको कैलारी गाउँपालिका–५, बैजपुरकी कविता चौधरीले बताउनुभयो ।

“महुवा सङ्कलनको सिजन सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, “अहिले धेरै पाइएको त छैन तर सङ्कलन भइरहेको छ ।” महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्छ । झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेका बेला त्यसलाई उपयोग गर्ने गर्छन् । गाउँघरमा यसबाट सुगन्धित रक्सी बनाउने गरिन्छ । महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्दै गएको छ । वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न वन क्षेत्र पुग्ने गरेका छन् । महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरी आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार बड्का बनुवा भनेर चिनिने संरक्षित वसन्ता वनमा महुवा प्रजातिका रुख छन् । यसको सदुपयोग हुन आवश्यक रहेको श्रेष्ठको भनाइ छ । 

महुवा बहुपयोगी रुख भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जनाएको छ । सो कार्यालयका अनुसार महुवा मौरीपालन र जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । जडीबुटीका रूपमा प्रयोग हुने महुवा चराचुरुङ्गीका लागि समेत उपयोगी रहेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर