नेभिगेसन मेनु

गुणस्तरहीन ‘स्मार्ट स्ट्रिट लाइट’ हटाइँदै
सम्पादक:南亚网络电视
समय:2024-04-14 11:56

smart-street

वैशाख २ गते । धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको छ ।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा सडकबत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ गुणस्तरहीन भेटिएका हुन् । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको र निर्माण कम्पनीले पाउने भुक्तानीसमेत रोक्का गरिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । 

“अहिले पनि तपाईंहरूले क्याम्पस चोकको लाइटहरू मधुरो देख्नुभएको होला, भन्सार क्षेत्रको पनि मधुरो बल्छ । एक पटक फेरेको हो, ल्याब टेस्टमा फेरि फेल भयो, त्यसैले गुणस्तरीय बत्ती लगाउन भनेका छौँ,” नगर प्रमुख हमालले बताउनुभयो । धनगढी उपमहानगरपालिकाको ६० र नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय सडकबत्ती प्रवर्धन आयोजनाको ४० प्रतिशत लगानीमा जडान गरिएका बत्ती गुणस्तरहीन भेटिएका हुन् । 

‘उज्यालो धनगढी’ अभियानको दोस्रो चरण अन्तर्गत ट्राफिक चोक चौराहदेखि भन्सार र क्याम्पस रोड क्षेत्रमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएको थियो । उपमहानगरपालिकाले ठेक्कामार्फत ७६ लाखमा बत्ती जडान गर्न लगाएको हो । ड्राइभ इलोक्टोनिक्सले छ लेन र हुलाकी राजमार्गको मिडियनमा जडान गरेका ७६ वटा बत्ती गुणस्तरीय नभएको भन्दै दुई महिनाभित्र फेर्न निर्देशन दिएको उपमहानगरपालिकाका इलेक्ट्रोनिकल इन्जिनियर किसनकुमार साहले बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर