नेभिगेसन मेनु

डेउडा लोप हुने चिन्ता
सम्पादक:南亚网络电视
समय:2024-03-18 12:49

Deuda

चैत ५ गते । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सुदूरपश्चिम साहित्य समाजको अगुवाइमा धनगढीमा आयोजित ‘समाज रूपान्तरणमा डेउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद’ कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा डेउडा संस्कृति सिङ्गो चिनारी भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि कानुन बनाउन सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।  प्रदेश सभाका सदस्य सन्तोष शर्मा थापाले डेउडाका बारेमा अझै व्यापक छलफल तथा खोज अनुसन्धान नभएको बताउनुभयो । डेउडा बचाउन आफूहरूले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।

डेउडा संस्कृतिको अध्ययन गरिरहनुभएका डिलादत्त पन्तले प्रदेश सरकारले ऐन बनाउँदा पालिकाले डेउडाको संरक्षणमा काम गर्ने वातावरण बन्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यालयस्तरमा डेउडा कार्यक्रम नियमित रूपमा चलाउनुपर्नेमा जोड दिनुभयो । 

डेउडाको सम्बन्धमा दस्ताबेजीकरण नभएकाले लोप भएर जाने अवस्था आएको बताउँदै उहाँले आफूहरूले त्यसको दस्ताबेजीकरण गर्न युनिभर्सिटी दी क्रियटिभ  आर्ट्स, युकेसित सहकार्य गरिरहेको बताउनुभयो । समाज रूपान्तरणमा डेउडा लोकसाहित्यमा बेलायतबाटै विद्यावारिधि गरिरहेका नरबहादुर साउद (नरेन्द्र) ले डेउडाका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । 

धनगढीका पूर्वनगर प्रमुख खेमराज पाण्डेय, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. हरिस भट्ट, साहित्यकार हेमन्त विवश र पद्मराज जोशीले डेउडा संस्कृति र लोकसाहित्यको विकासका बारेमा धारणा राख्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर