नेभिगेसन मेनु

६८० विद्यार्थीलाई प्याडसहितको पेन्टी वितरण
सम्पादक:南亚网络电视
समय:2024-03-21 15:59

काँडा-भवानी-माविका--छात्रालाइृ-पेन्टी-वितरण

चैत ८ गते । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् ।

प्याड नहुँदा महिनावारी भएको बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं ४ स्थित खापर देवस्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिलाकुमारी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “ महिनावारी भएको बेला सहज हुने गरी ग्रीनतारा नेपालले महिनावारी स्वच्छता पेन्टी दिएपछि अहिले त्यो डर हटेको छ । ”

यो पेन्टी महिनावारी भएको बेला छात्राहरुका लागि निकै सहज हुने भएकोले यती सुरक्षितका साथ विद्यालयमा गएर पठनपाठन गर्न सहज भएको छात्रा धामीले बताउनुभयो । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेका नौ वटा माविमा अध्ययनरत छात्राहरुलाई महिनावरी भएकोले बेला सरसफाइ तथा विद्यालयमा आउन सहज हुने गरी महिनावरी स्वच्छता पेन्टी वितरण कार्यक्रम सुरु गरिएको ग्रीनतारा नेपालले जनाएको छ । 

पहिलो चरण खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडा भवानी २ को  मालिका मावि र ३ को देवस्थली निमावि ४ को भवानी मावि पुडाउँवाल र ५ को खापर देवस्थली मावि गुदुखाती मा अध्ययनरत कक्षा ६ देखि १२ सम्म अध्ययनरत गर्ने झण्डै ६८० जनालाई महिनावारी स्वच्छता पेन्टी विरतण गरेको ग्रीनतारा नेपालको मातृ तथा नवजात शिशु स्वास्थ्य प्रबद्धन परियोजना संयोजक गोमती कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो , यो पेन्टीको प्रयोग गर्दा छात्रालाई महिनावारी भएको बेला निकै सहज हुन्छ । जति रगत भए पनि बाहिर नदेखिने र पानीले पखाल्दा पनि राम्रोसँग सफा हुन्छ । ” यो पेन्टीमा प्याडसहित राखेको हुन्छ । एक जना छात्राले झण्डै एक वर्षसम्म प्रयोग गर्न सक्छन् । महिनावारी भएका छात्राहरुलाई यो पेन्टी निकै सहज देखिएकोले अहिले प्रत्येक विद्यालयमा वितरण गर्न थालेको संयोजक गोमती कुटुवालले बताउनुभयो ।

आर्थिक अभावका कारण प्रायः यहाँका किशोरीहरु महिनावारी भएका बेलामा प्याड किन्न सक्दैनन् । प्याड नहुँदा उनीहरुलाई महिनावारी भएकोले विद्यालयमा गएर पढ्न समस्या हुने गरेको छ । पछिल्लो समय जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाहरुले उनीहरुका लागि सरसफाइ तथा महिनावारी भएका बेला विद्यालयमा गएर पढ्न सहज हुने गरी प्याडसहितको पेन्टी वितरण गर्दै आएका छन् । 

जसका कारण अहिले अधिकाशं बाजुराका किशोरीहरुलाई महिनावारी भएको बेलामा विद्यालयमा निर्धक्क भएर पढ्न सहज भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर