नेभिगेसन मेनु

पैसाको ठेक्का तोडिँदा भारतीय पेलान
सम्पादक:南亚网络电视
समय:2024-03-12 13:16

rashtra-baink_q2mnDVll55

राष्ट्र बैंकले एक हजार र ५० रुपैयाँँ दरको नोट छाप्ने यसअघिको टेण्डर रद्द गरेपछि भारतीय दूतावासले विशेष चासो देखाएको छ । मुम्बई नजिकैको नासिकस्थित सेक्युरिटी प्रिन्टिङ कम्पनीलाई गत वर्ष दिइएको ठेक्का फागुन पहिलो साता रद्द गरिएको छ । 

कम्पनीले नेपाली नोटको तोकिएको गुणस्तर कायम गर्न नसक्दा उक्त निर्णय लिनुपरेको बैंक स्रोतले जनाएको छ । जबकि भारतले नोट छापेर गत दशैंअगावै बैंकलाई दिनुपर्ने थियो । तोकिएको गुणस्तरबारे पटक पटक ताकेता गर्दा पनि काम नभएपछि सञ्चालक समितिले उक्त निर्णय गरेको उच्च स्रोतले बतायो । 

डेढ करोडभन्दा बढी अमेरिकी डलरको ती नोट छपाइसँगै भारतीय कम्पनी र मुलुककै शाख र विश्वसनीयता गिरेपछि काठमाडौंस्थित भारतीय दूतावासले सम्झौताको समय बढाइदिन बैंकलाई आग्रह गरेको बुझिएको छ । अघिल्लो साता जनआस्थाले ठेक्का रद्दको समाचार प्रकाशन गरेपछि गत बिहीबार दूतावासका उपनियोग प्रमुख प्रसन्न श्रीवास्तव अर्का एक जना कर्मचारीसहित बैंकको केन्द्रीय कार्यालय, बालुवाटार पुगेका थिए । मुद्रा व्यवस्थापन विभागले गरेको उक्त निर्णय गलत भएको सन्देश प्रशन्नले गभर्नर महाप्रसाद अधिकारीलाई दिएको बुझिएको छ । 

तर, बैंकका अधिकारीहरू आफ्नो निर्णयमा अडिग देखिन्छन् । ५० दरका ३० करोड थान नोट ५० लाख ४८ हजार ७८० अमेरिकी डलरमा र एक हजार दरका ४३ करोड थान नोट एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरमा छाप्ने अनुमति दिइएको थियो । तर, भारतीय कम्पनीले दुबै दरका नोटको दायाँतर्फको खाली भागमा राख्नुपर्ने पानी छापको साइज तोकिएको मापदण्डबमोजिम छाप्न नसकेपछि टेण्डर रद्द भएको हो । ‘पटक पटक म्याद थपे पनि बैंकलाई गुणस्तरीय नोट उपलब्ध गराउन नसकेपछि टेण्डर रद्द गर्न बाध्य भयौंं,’ मुद्रा व्यवस्थापन विभागका एक जना निर्देशकले भने ।

नोटमा प्रयोग हुने सेक्युरिटी थ्रेड, अन्य फिचर र पानीछाप छपाई कम्पनीले पनि विदेशबाट महँगोमा किन्नुपर्ने हुन्छ । सम्भवतः भारतीय कम्पनीले त्यसमा ठूलो रकम खर्चेकाले टेण्डर रद्दपछि लैनचौरस्थित दूतावासको सक्रियता बढेको हुनसक्ने मुद्राविज्ञहरू बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर