नेभिगेसन मेनु

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैङ्क
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-21 13:07

nepal_rastra_bank

फागुन ९ गते । बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैङ्कले ध्यानाकर्षण भएको जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले इजाजतपत्र प्राप्त गरी प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेको स्पष्ट पार्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको पुँजी कोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशन अनुरूप नै रहेको जनाएको छ ।

बैङ्किङ क्षेत्र अर्थ व्यवस्थाको मेरुदण्ड भएको भन्दै राष्ट्र बैङ्कले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न कानुनले स्पष्ट जिम्मेवारी दिएको बताएको छ ।

जिम्मेवारीबमोजिम राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैङ्किङ सिद्धान्त तथा असल अभ्याससमेतका आधारमा दिइएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने प्रस्ट पारेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिँदा निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर