नेभिगेसन मेनु

अर्थतन्त्रमा सुधार, तर सेयर बजारमा देखिएन उत्साह
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-20 13:00

8hEuK8MdyGllAB6oTbFHVp9F3ZO6uOs0iGCwQgfW_JeAitXkFX9_5nwqz31ibxj6hf5l9mymzqcvyj4wanxdfwhnspqfcecpng4asyw5nu9ua5e1

सरकारी आँकडाअनुसार अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधार आइरहेको देखिए पनि अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा भने त्यसको प्रतिबिम्ब देखिएको छैन । चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री प्रकाशशरण महतले राजस्वको वृद्धिदर, महँगी नियन्त्रण, बाह्य क्षेत्रमा आएको सुधार, शोधनान्तर स्थिति बचतमा तथा वैदेशिक मुद्रा सञ्चितिमा भएको वृद्धिलगायत कारण देखाउँदै अर्थतन्त्रमा सुधार आइरहेको बताएका छन् । तर, अर्थतन्त्रको ऐना मानिने सेयर बजारले भने अर्थमन्त्रीको भनाइलाई पुष्टि गर्न सकेको छैन । 

नेपाल स्टक एक्सचेन्जका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा सेयर बजार परिसूचक (नेप्से) औसतमा २००० विन्दुकै आसपास रहेको छ । सेयर बजारमा मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने ठूला उद्योग, बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजना, होटेल व्यवसाय तथा विभिन्न व्यावसायिक संस्थाको धितोपत्र किनबेच हुन्छ । तर, नेपालको पुँजी बजारमा वास्तविक क्षेत्रका संस्था सूचीकृत हुन नसक्दा यसले सही चित्र प्रतिविम्बन गर्न नसकेको प्राध्यापक डा. राधेश्याम प्रधानको विश्लेषण छ । उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र प्रताडित छ ।

कोभिडपछि हाम्रो घरेलु अर्थतन्त्रमा गम्भीर असर परेको देखिन्छ । अहिलेसम्म कुनै पनि क्षेत्र कोभिडअघिको स्थितिमा पुगेको छैन । कहिलेकाहीँ सुधार भएजस्तो देखिन्छ । तर, सुधार हुन सकेको छैन ।’सेयर बजारमा शिक्षाको कमीले सीमित वर्गको मात्रै पहुँच रहेकाले अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘त्यसो त अहिले कम्पनी र संस्थाहरूको आम्दानी नै प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाहरू कर्जा दिने अवस्थामा छैनन् । पुरानो कर्जा उठाउन हम्मेहम्मे परेको छ । निर्माण क्षेत्र प्रभावित छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्न लगानीकर्ता पक्कै पनि डराएको हुनुपर्छ ।’ त्यस्तै, सेयर बजारमा उत्पादनशील क्षेत्रको विस्तार हुन नसक्नु पनि सेयर बजार बढ्न नसक्नुको अर्काे कारण रहेको उनको भनाइ छ ।  

बजार खस्किएकै हो ?

बजार अपेक्षित रूपमा बढ्न नसके पनि खस्किएकै भन्न नमिल्ने अर्थशास्त्रीहरू बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्ने हो भने बजार तीव्र उतारचढावबीच पनि नेप्से औसतमा २००० विन्दुकै आसपास रहेको देखिन्छ । भदौ महिनाभर उच्चतम २०४५.४५ विन्दुमा र न्यूनतम १९३२.४५ विन्दुमा नेप्से रहेको थियो । ६ महिनाको अवधिमा सबैभन्दा बढी पुसमा २१४१.८७ विन्दुमा र कम १८२६.२३ कात्तिकमा नेप्से पुगेको थियो ।

प्राध्यापक डा. राधेश्याम प्रधान भन्छन्– नेपालको पुँजी बजारमा वास्तविक क्षेत्रका संस्था सूचीकृत हुन नसक्दा यसले सही चित्र प्रतिविम्बन गर्न सकेको छैन । अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र प्रताडित छ । कोभिडपछि हाम्रो घरेलु अर्थतन्त्रमा गम्भीर असर परेको देखिन्छ । अहिलेसम्म कुनै पनि क्षेत्र कोभिडअघिको स्थितिमा पुगेको छैन । कहिलेकाहीँ सुधार भएजस्तो देखिन्छ । तर, सुधार हुन सकेको छैन । 

बजार पुँजीकरणको अवस्था हेर्ने हो भने पनि यसबीच पुसमा अधिकतम ३३ खर्ब ३० अर्बको कारोबार भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा परिसूचक ३१९९.०२ को अधिकतम विन्दु (२ भदौ ०७८ मा) पुगेको थियो । यो सेयर बजार इतिहासकै उच्चतम विन्दु हो ।  आर्थिक वर्ष ०७६/७७ (१० मंसिर ०७६) मा सेयर बजारमापक नेप्से परिसूचक अत्यन्तै न्यून ११०९.१६ विन्दुमा पुगेको थियो । त्यस आर्थिक वर्षको सबैभन्दा उच्चतम विन्दु १५ फागुनमा १६३२.१७ विन्दुमा पुगेको थियो । 

लगानीकर्ताका माग पूरा हुँदा पनि छैन उत्साह

पाँच वर्षदेखि सेयर लगानीकर्ताले उठाउँदै आएका अधिकांश माग पूरा भएका छन् । लगानीकर्ताले विभिन्न फोरमबाट अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डमा दर्जनभन्दा बढी मागपत्र बुझाएका छन् । विशेष गरी यसबीचमा बुझाएका अधिकांश माग तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको पुँजी बजार अध्ययन समितिमा ठोक्किएका थिए । खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पुस ०७६ मा पुँजी बजार सुधारका उपायबारे अध्ययन गर्न समिति बनाएका थिए । 

तत्कालीन समिति सदस्य राधा पोखरेलले लगानीकर्ताको सुझावअनुसार धेरै काम भएको स्वीकार गरिन् । उनी भन्छिन्, ‘त्यो सुझावलाई टेकेर पछिल्लो समय धेरै हदसम्म काम भएको छ, यसले पुँजी बजारलाई बलियो बनाएको छ ।’ उनका अनुसार सो समितिको सुझावले बजार बढाउनुभन्दा पुँजी बजार बलियो बनाउन काम गरेको छ । बदलिँदो अर्थतन्त्र, पुँजी बजारमा आएको उतारचढावलाई केन्द्रमा राखेर नीतिहरू परिवर्तन भइरहने तत्कालीन बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले बताए । 

कार्यान्वयनमा आइसकेका बुँदा

धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन विद्यमान इजाजत सञ्चालन नीतिमा पुनरावलोकन गर्ने, तोकिएको मापदण्ड पूरा गरेका बैंकहरूका सहायक कम्पनीलाई सेयर किनबेच गर्न ब्रोकर लाइसेन्स दिनुपर्ने माग पूरा भइसकेको छ । अहिले वाणिज्य बैंकका सहायक कम्पनीले लाइसेन्स पाएर सेयर किनबेच गर्न थालिसकेका छन् । ५० वटा ब्रोकर बढेर हाल ८६ वटा ब्रोकर कम्पनीले सेयर किनबेच गराइरहेका छन् ।

त्यस्तै, नेप्से पुनर्संरचना गर्नुपर्ने र विदेशी रणनीतिक साझेदारी भित्र्याउनुपर्ने मागअनुसार प्रतिवेदन बढाएर प्रक्रिया अगाडि बढाएको छ । जसमा नेप्सेको चुक्ता पुँजी बढाएर तीन अर्ब पुर्‍याउने र पब्लिक कम्पनीमा गएर आइपिओ जारी गर्ने तयारीसहितको प्रतिवेदन अर्थ मन्त्रालय पुगेको छ । नेप्सेको संरचनामा केही सुधार हुने तयारी छ । 

सेयरको धितोमा प्रवाह हुने कर्जाको विद्यमान लोन टु भ्यालु रेसियोलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याउने माग पनि पूरा भएको छ । ०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाअनुसार राष्ट्र बैंकले घरकर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर, रियल इस्टेट र हायर पर्चेज कर्जाको जोखिमभार घटाएको छ ।  

घरजग्गा र सेयरमा गरिएको विद्यमान व्यवस्थाले जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारिएको छ । त्यस्तै, सेयर खरिद–बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरूका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई मर्ज गर्ने प्रावधानलाई खुला गरेको छ । ब्रोकर कमिसन घटाउने मागअनुसार धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो समय कमिसन घटाउन अध्ययन भइरहेको बोर्डले जनाएको छ ।  

मर्जरमा जाने कम्पनीहरूको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी एक सातामा समायोजनसहित सेयर कारोबार गर्नुपर्ने माग पूरा भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जरमा गएको १५ दिनभित्र सेयर कारोबार खुला गर्ने प्रावधान कार्यान्वयनमा आएको छ । बुक बिल्डिङमार्फत आइपिओ निष्कासन कार्यान्वयनमा आइसकेको छ । पहिलो चरणमा सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ता  र वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्कासन गरिसकेको छ । अन्य दुई कम्पनीले पनि बुक बिल्डिङमार्फत आइपिओ निष्कासन गर्न तयारी अवस्थामा रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर